शुक्रबार, जेठ १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुसामा पनि मानवीय स्वभाव, सहयोगमा आफ्नालाई प्राथमिकता!

मुसामा पनि मानवीय स्वभाव, सहयोगमा आफ्नालाई प्राथमिकता!

गएको जुलाई १३ तारिखमा ‘इलाईफ’ मा सार्वजनिक भएको एक अनुसन्धानमा ‘रोडेन्ट’ अर्थात् मुसा जस्तै एक प्रकारको जिब र मानिसमा परोपकारको एउटै शैली पाइएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- गएको जुलाई १३ तारिखमा ‘इलाईफ’ मा सार्वजनिक भएको एक अनुसन्धानमा ‘रोडेन्ट’ अर्थात् मुसा जस्तै एक प्रकारको जिब र मानिसमा परोपकारको एउटै शैली पाइएको छ। उनीहरुमा सबैका लागि सहानुभूति र दोषी देखाउने प्रवृत्तिभन्दा धेरै पारिवारिक भावना रहेको पाइएको छ।

प्रयाेगशालामा राखिएको मुसाहरुमा गरिएको अध्ययनबाट सो कुरा पत्ता लागेको हो। अध्ययनबाट संकटको समयमा मुसाले आफ्नालाई मात्र सहयोग गरेको पाइएको हो।

‘हामीले यो पत्ता लगायौँ कि संकट र व्याकुलताको समयमा मुसाहरुले कसरी आफ्नो समूहको भावनाअनुकुल निर्णय लिन्छ र उसमा जैविक संयन्त्रका कारण निर्णय कसरी पूर्वाग्रही हुन्छन्। जुन कुरा न्यूरो प्रकृयाले निर्धारण गर्दछ,’ अध्ययनमा संलग्न वरिष्ठ लेखक तथा प्रोफेसर डेनियल काउफरले भने।

मानिसहरुमा प्रथा, संस्कृति, लैंगिक, रंगभेदकका कारण मुलबासीवाद र द्वन्द बढिरहेको अवस्थामा मुसाहरुमा पनि आफ्नो समूदायलाई प्राथमिकतामा राख्ने न्युरो प्रकृया पाइएको हो।

‘यस्तो भावना पाइनुमा सामूहिक सदस्यतालाई प्राथमिकता दिनुभन्दा विषेश गुण भएको प्रति समर्थन गर्ने सामाजिक प्रेरणा मार्गदर्शक हुनसक्छ,’ प्रमुख लेखक इनबल बेन-अमी बार्टलले भनिन्। उनी इजराइलको एक विश्वविद्यालयको एसिस्टेन्ट प्रोफेसर पनि हुन्।

क्यालिफोर्नियाको बार्कली विश्वविद्यालयले २०१४ मा काउफर ल्याबमा पोस्टडक्टरियल मिलर फेलोसिप प्रदान गरेको थियो। जहाँ बार्टल, काउफर, बार्कलीका फिजियोलोजीका प्राध्यापकहरुले मुसाको दिमागको फैलिएको सञ्जालको अध्ययनको एक टिमको लिड गरेका थिए।

‘मानिसमा जस्तो मुसामा पनि समानुपातिक मद्दत गर्ने समान न्युरल सञ्जाल फेला परेको छ। यसबाट के थाहा हुन्छ भने अरुको हेरचाह गर्ने स्तनधारी जन्तूहरुबीच साझा न्युरोबायोलोजिकल संयन्त्र हुने गर्दछ,’ बार्टल भन्छिन्।

‘आश्चर्यजनक रुपमा त यो देखियो कि, समूहमा भए पनि नभए पनि आफ्ना साथीहरु संकटको अवस्थामा छन् भने उनीहरुको सहानुभुतिको सञ्जाल सक्रिय हुन्छ,’ काउफरले भनेका छन्। -साइन्स डेलीबाट

प्रकाशित: Jul 16, 2021| 12:25 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।