आइतबार, जेठ १२, २०८२

आजबाट यातायात कर मोबाइलबाटै तिर्न सकिने

आजदेखि बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- आजदेखि बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ। 

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ। त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिने बताइएको छ।

अब सबै कर अब अनलाइनमा उपलब्ध ई–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने भएको हो।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको हो। यसले ब्लुबुक नवीकरणलगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने छ।

प्रकाशित: Jul 23, 2021| 03:09 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।