आइतबार, जेठ २६, २०८२

देशभर सामान्य वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सामान्य रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको छ।

अहिले देशभर सामान्य बदलीसँगै केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख भएकाले केही दिन लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबारबाट भने उच्च पहाडी र हिमाल छोएका जिल्लामा वर्षा हुने सम्भावना रहेको छ।

प्रकाशित: Jul 25, 2021| 02:20 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।