शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एमाले असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यको बैठक आज पनि बस्दै

एमाले असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यको बैठक आज पनि बस्दै

नेकपा एमालेको असन्तुष्ट असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीका सदस्यहरू आज पनि छलफल गर्ने भएका हुन्। 

आइतबारदेखि यो समूहका नेताहरूको बैठक सुरु भएको हो। बिहान ११ बजे बुद्धनगरमा बस्ने आजको बैठक पार्टी एकताका विषयमा नै केन्द्रित हुने एमाले उपाध्यक्ष युवराज ज्ञवालिले जानकारी दिए। आइतबारको छलफलमा नेताहरूले अहिलेको स्थितिमा पार्टी एकता गरेर जानू विकल्प नरहेको बताएका थिए। 

बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर छलफल सुरु गरिएको छ। आइतबार एमाले एकताका लागि भन्दै दुवै तर्फका सासदहरूले विघटित कार्यदलका सदस्यहरूसित छलफल गरेका थिए। सासदहरूले पनि आफुहरुको अभियानलाई निरन्तरता दिने बताएका छन्। 

एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर छलफल गर्नुपर्ने दबाब बढे पनि दुई जनाको भेटवार्ता हुन सकेको छैन। एक सातादेखि दोस्रो तहका नेताहरू प्रयासरत रहे पनि भेट हुन सकेको छैन। बरु दुवै नेताले एक अर्काविरुद्ध  सार्वजनिक रूपमा नै टीका टिप्पणी गर्दै आएका छन्।

प्रकाशित: Jul 26, 2021| 03:42 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।