आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवल ज्योतिनगरका पहिरोपीडितको समस्या समाधान गर्न मुख्यमन्त्रीको ध्यानार्कषण

बुटवल ज्योतिनगरका पहिरोपीडितको समस्या समाधान गर्न मुख्यमन्त्रीको ध्यानार्कषण

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय आडैमा रहेको पहिरो प्रभावितका समस्या समाधानका लागि माग गर्दै सत्तारुढ नेपाली कांग्रेसले ध्यानार्कषण गराएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय आडैमा रहेको पहिरो प्रभावितका समस्या समाधानका लागि माग गर्दै सत्तारुढ नेपाली कांग्रेसले ध्यानार्कषण गराएको छ।

बुटवल ज्योतिनगरमा गत भदौ १३ र १४ गतेको पहिरोले करिब २ दर्जन घरमा क्षति पुगेको थियो। बुटवलको उत्तर पूर्वको चुरे पहाड अहिले पहिरोले छिया छिया भएको छ।

पहिरोका कारण विस्थापित परिवार र सयौं घर जोखिममा छन्। तीन तहकै सरकार अनुदार भएको स्थानीयले गुनासो गरेपछि नेपाली कांग्रेस बुटवल उपमहानगरले पहिरो प्रभावितका समस्या समाधानमा गर्न माग गर्दै मुख्यमन्त्री कुल प्रसाद केसीलाई मागपत्र बुझाएको छ। कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले मंगलबार मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउँदै पहिरो पीडितहरुलाई रातह प्रदान गर्न र दीर्घकालीन रुपमा समाधन गर्न माग गरेका हुन्।  

यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११ बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबारविहिन बनेका र त्यसमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने माग  गरिएको छ।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्थार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीव्रता  दिन सरकारलाई पहल गर्न भनिएको छ। मागपत्र बुझ्दै मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्यांक संकलनका लागि निर्देशन गरिएको बताए।

उनले लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्धार, राहत तथा पुनःस्थापनका लागि ३ चरणका कार्य योजना बनाउने समेत बताए।


प्रकाशित: Sep 28, 2021| 14:52 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।