आइतबार, जेठ १९, २०८२

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले जितीया पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जितीया पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका लागि यो चाडलाई मनाउने गरेका छन्। 

प्रत्येक वर्ष असोज कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्‍ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ।

भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्‍ने राष्ट्रपति भण्डारीको विश्‍वास छ।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, 'हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेको छ।'



प्रकाशित: Sep 29, 2021| 05:15 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।