सोमबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानबाट सेना फिर्ताबारे रक्षामन्त्रीलाई प्रश्‍न, सेना प्रमुखको राजीनामा माग

अफगानिस्तानबाट सेना फिर्ताबारे रक्षामन्त्रीलाई प्रश्‍न, सेना प्रमुखको राजीनामा माग

अमेरिकी सांसद्समेत रहेका 'सिनेट आर्म्ड सर्भिस कमिटी' का प्रमुख ज्याक रिडले अफगानिस्तान सरकार पतनको कारणबारे प्रश्‍नको जवाफ सांसद्हरुले मागिरहेको बताएका हुन्।
 |  मंगलबार, असोज १२, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १२, २०७८

वाशिङ्टन- अफगानिस्तानबाट सेना फिर्ता गरेको सम्बन्धमा अमेरिकी रक्षामन्त्री लोइड अस्टिन र अमेरिकी सेना प्रमुख मार्क मिलेमार्फत यसको जवाफ माग गरिएको छ। 

तालिबानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि अमेरिकी सेना फिर्तालाई थप गति प्रदान गरिएको थियो भने ३१ अगस्तमा अमेरिकी सेनाको अन्तिम टोली स्वदेश फिर्ता भएको थियो। 

अमेरिकी सांसद्समेत रहेका 'सिनेट आर्म्ड सर्भिस कमिटी' का प्रमुख ज्याक रिडले अफगानिस्तान सरकार पतनको कारणबारे प्रश्‍नको जवाफ सांसद्हरुले मागिरहेको बताएका हुन्। 

सरकारले भने अमेरिका अहिले आत‌ंकवादविरुद्धको मिसनमा अघि बढेको बताएका हुन्। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब एक महिनापछि समितिको बैठक बसेको हो। 

अमेरिकी सेना फिर्ता हनुअघि काबुल विमानस्थलमा भएको विस्फोटमा १८२ जनाको मृत्यु भएको थियो। जसमा १३ अमेरिकी सेनासहित १६९ अफगानीहरु मारिएका थिए। 

मंगलबारको समितिको बैठकमा रक्षामन्त्री अस्टिन र जनरल मिलेले अफगानिस्तान फिर्ताबारेको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

अफगानिस्तानमा अमेरिकी सेना सन् २००१ मा गएको थियो। सन् २०२१ को अगस्त ३१ मा अन्तिम टोलीमा करिब चार हजार अमेरिकी सेनाहरु फिर्ता भएका थिए। यसबीचमा ५० हजार अफगानी शरणार्थीहरुलाई पनि काबुलबाट उद्धार गरिएको बताइएको छ। 

तालिबानका मुलुक छोड्नेहरुको भागदौडका बीच २० जनाको मृत्यु भएकोसमेत रक्षामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। 

रिपब्लिननहरुले अमेरिकी जोइन्ट चीफ अफ स्टाफका प्रमुख मिलेको राजीनामा माग गरेका छन्। उनीहरुलाई २९ अगस्तमा काबुलमा अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणबारेको पनि प्रश्‍नको जवाफ माग गरेका छन्। 

प्रकाशित: Sep 28, 2021| 23:05 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।