काठमाडौं। हाफ हेभन कोलोनी भक्तपुरमा घर वा जग्गा बुक गर्नेहरूलाई मिनी ईभी उपहारको योजना घोषणा गरेको छ। कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा कोलोनीमा घडेरी वा घर खरिद गर्ने पहिलो ५ जनालाई मिनी ईभी उपहार दिने भएको हो।
द पारामारियो ग्रुप अफ कम्पनी र खड्का एड्भेन्चरको सहकार्यमा भक्तपुरको छालिङमा १५६ रोपनी जग्गामा ३७२ वटा घर घडेरीसहितको परियोजना सञ्चालन गरिएको छ। सोमध्ये ४६ रोपनी जग्गा बाटो, खुला क्षेत्र र पार्कका लागि छुट्ट्याइएको छ। कम्पनीले सप्तान्त अफरअन्तर्गत जग्गा बैना गर्ने पहिलो ५ जनालाई एमएडब्लू वृद्धि मोटर्स प्रालिले आयात गरेको ईभी गाडी घडेरी बैना गरेकै दिन दिने जनाएको छ।
यो योजना वैशाख मसान्तसम्मको लागि लागू हुने र सो पश्चात अफरलाई निरन्तरता दिने नदिने अर्को निर्णय हुने बताइएको छ।
उपत्यकाका सबै मुख्य सहरबाट बढीमा आधा घण्टाको यात्रामा पुगिने शान्त वातावरण र मनोरम दृश्यसहितको कोलोनीले उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त गरेको छ। कोलोनीमा घर–घडेरी बुझ्न जाने भिजिटरहरूमध्येबाट १ जनालाई गोलाप्रथामार्फत एउटा घडेरी उपहार दिने कम्पनीले जनाएको छ।
कोलोनीमा २० देखि २६ फुटको कालोपत्रे बाटो, हेलिप्याड, स्विमिङ पुल, ढल, बिजुली, खानेपानी, रिसोर्ट, मार्टलगायत सुविधा उपलब्ध हुने जनाइएको छ। हाल यहाँ जमिन तयार गर्नेसहित आवश्यक तयारी भइरहेको र आगामी भदौ महिनाबाट घर निर्माण सुरु हुने कम्पनीले जनाएको छ।
फाइनान्स सुविधा रहेको जनाएको छ। कम्तीमा ३ आना २ पैसाभन्दा माथिका टुक्रा उपलब्ध रहेको कोलोनीमा हरेक घडेरी खरिदकर्तालाई यामाहाको स्कुटर उपहार दिने पनि कम्पनीले जनाएको छ। चलनचल्तीको मूल्यमा सेवाग्राहीले घडेरी किन्न सक्ने कम्पनीले जनाएको छ। मैतीदेवीस्थित सस्तो घर जग्गा खरिद बिक्रीको कार्यालयमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।