सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बागमतीमा अढाई महिनाका लागि कांग्रेसले नेतृत्व लिन खोज्नु आपत्ति जनक : शेखर कोइराला

बागमतीमा अढाई महिनाका लागि कांग्रेसले नेतृत्व लिन खोज्नु आपत्ति जनक : शेखर कोइराला

नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति काँग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति काँग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।

'बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन काँग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले काँग्रेस पार्टीलाई कमजोर बनाउँछ', उनले भनेका छन्।

संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो? भन्दै नेता कोइरालाले प्रश्न गरेका छन्। यस्ता कार्यमा संलग्न नहुन उनको आग्रह छ।

बागमतीमा एकीकृत समाजवादीको सरकार बन्ने गठबन्धनभित्र भद्र समझदारी रहे पनि कांग्रेसले एकीकृत समाजवादीलाई अढाई महिनाका लागि नेतृत्व दिन प्रस्ताव गरेको थियो। यद्यपि एकीकृत समाजवादीले स्वीकार भने गरिनसकेको श्रोतले जनाएको छ।

प्रकाशित: Sep 30, 2021| 08:46 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...