शुक्रबार, साउन १७, २०८२

प्रधानसेनापतिसँग राजदूतहरुको भेट कति (अ)स्वाभाविक?

यसरी नेपालको सैन्य क्षेत्रमा भइरहेको भेटघाटलाई कसरी लिनुभएको छ भन्‍ने प्रश्‍नमा राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा ‘स्वाभाविक रुपमा लिन सकिने भए पनि सहज नभएको’ टिप्पणी गर्छन्।
 |  बिहीबार, असोज १४, २०७८

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, असोज १४, २०७८

काठमाडौं– मुलुकले नयाँ प्रधानमन्त्री पाउनेबित्तिकै कुन मुलुकले पहिले बधाई दियो, कुन मुलुकले ढिलो गर्‍यो भन्‍ने नेपाली बुद्धिजीविको ध्यान अहिले सुरक्षा निकायतर्फ मोडिएको छ। प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति बनेको चौथो दिन गत साउन २९ मा भारतीय राजदूत विनयमोहन क्‍वात्रा सैनिक मुख्यालय जंगी अड्‍डा पुगे। 

कायमुकायमकै हैसियतमा रहेका शर्मालाई भदौ १६ गते इजरायली राजदूत हानान गोडरले भेटेर बधाई दिए। भदौ २४ गते प्रधानसेनापति नियुक्त भएका शर्मालाई असोज ६ मा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जंगी अड्डा पुगेर बधाई दिइन्।

यही असोज १३ गते प्रधानसेनापति शर्मासँग नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले पनि जंगी अड्डा नै पुगेर भेटवार्ता गरे। पाकिस्तानी कार्यवाहक राजदूतले भेटेको एक दिनपछि असोज १४ गते नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी जंगी अड्डा नै पुगेर शर्मासँग भेटघाट गरे। 

असोज १४ गते नै प्रधानसेनापति शर्मा र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच पनि भेटवार्ता भएको थियो। यी सबै कूटनीतिज्ञहरुसँगको भेटलाई नेपाली सेनाले ‘द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको’ बताएको छ। 

नेपालका लागि चिनियाँ राजदूत  होउ यान्छी र प्रधानसेनापति शर्मा। 

चीन र भारत नेपालका छिमेकी र सैन्य सहयोग गर्ने मुलुकमात्रै होइनन्, नेपालमा दुवै छिमेकका सुरक्षा स्वार्थ छुट्टाछुट्टै छन्। इजरायल नेपालका लागि हतियार बिक्री गर्ने मुलुक हो। नेपालमा भारतीय प्रभाव विस्तारलाई रोक्‍ने प्रयासस्वरुप पछिल्लो समय पाकिस्तानले पनि आफ्नो सक्रियता बढाउँदै गएको छ। अमेरिका विश्‍व शक्ति राष्ट्र हो। अमेरिकाले पनि नेपाली सेनालाई सहयोग गर्दै आएको छ। 

यसरी नेपालको सैन्य क्षेत्रमा भइरहेको भेटघाटलाई कसरी लिनुभएको छ भन्‍ने प्रश्‍नमा राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा ‘स्वाभाविक रुपमा लिन सकिने भए पनि सहज नभएको’ टिप्पणी गर्छन्।

पछिल्लो समय नेपालमा विदेशी राष्ट्रहरुको सुरक्षा चासो बढेको उल्लेख गर्दै उनले भने, ‘विदेशीहरुले नेपालको सुरक्षामा बढी ध्यान दिन थालेका छन्। तरपनि नयाँ प्रधानसेनापति आएपछि पहिलेदेखि नै शिष्टाचार भेटघाट गर्ने प्रचलन भएकोले त्यसैको निरन्तरता हो जस्तो लाग्छ।’ यसलाई त्यति धेरै अस्वाभाविक रुपमा लिन नहुने भए पनि सुरक्षामा विदेशी चासो बढेको कुरालाई भने नकार्न नसकिने उनको भनाइ छ। 

यसरी नेपालको सैन्य क्षेत्रमा भइरहेको भेटघाटलाई कसरी लिनुभएको छ भन्‍ने प्रश्‍नमा राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा ‘स्वाभाविक रुपमा लिन सकिने भए पनि सहज नभएको’ टिप्पणी गर्छन्।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्रा र प्रधानसेनापति शर्मा।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी देवराज भट्टले पनि विदेशीको सुरक्षा चासो नेपालमा बढेको संकेत देखिएको बताए। देखिने गरी भएको प्रतिस्पर्धाले मुलुकको सुरक्षामा कहीँ न कहीँ असर पुर्‍याउने उनको तर्क छ। राजनीतिक अस्थिरता बढ्‍नुको अर्थ राजनीतिज्ञहरुको असफलता र अयोग्यताको प्रमाण भएको उल्लेख गर्दै उनले सैन्य क्षेत्रमा विदेशीको प्रत्यक्ष संलग्‍नता, सहयोग र सहभागितालाई रोक्नुपर्ने सुझाए।

नेपालले अमेरिका र भारतसँग संयुक्त सैन्य अभ्यास गरिरहेको छ। अहिले पनि नेपाली सेना र भारतीय सेनाबीच भारतको उत्तराखण्डस्थित पिथौरागढमा ‘एक्सरसाइज सूर्यकिरण’को १५ औं संस्करण चलिरहेको छ। यो सैन्य अभ्यास कात्तिक १३ गतेसम्म चल्नेछ। 


नेपालका लागि पाकिस्तानी कार्यबाहक राजदूत अदनान जावेद खान र प्रधानसेनापति शर्मा।

प्रकाशित: Sep 30, 2021| 19:56 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।