शुक्रबार, साउन १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने : केवल व्यवसायी

विद्युत प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने : केवल व्यवसायी

नेपाल केवल व्यवसायी महासंघको राष्ट्रिय भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ। विद्युत प्राधिरकरणले केवलको तार काटेको खण्डमा देशभर सेवा बन्द गर्ने निर्णयसमेत महासंघले लिएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- नेपाल केवल व्यवसायी महासंघको राष्ट्रिय भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ। विद्युत प्राधिरकरणले केवलको तार काटेको खण्डमा देशभर सेवा बन्द गर्ने निर्णयसमेत महासंघले लिएको छ।

महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो। जसअनुसार महासंघका मागहरुका सम्वन्धमा संघर्ष गर्न दिनेश सुवेदीको संयोजकत्वमा ९ सदस्यीय सघंर्ष समितिसमेत गठन गरिएको छ। समितिका सदस्यहरुमा हरिप्रसाद पौडेल, मनोज गुरुङ, सनोज श्रेष्ठ, दिपेश सुवेदी, पवनकुमार शाह, पुष्पलाल श्रेष्ठ, महाप्रसाद सुवेदी र मनोहरी यागी रहेका छन्।

सघंर्ष समितिका संयोजक सुवेदीले असोज १५ गते प्राधिकारणले केवलको तर काटेमा सबै सेवा बन्द गर्ने बताए।

उनले भने, ‘भोलि हाम्रो तार काटियो भने हामी सर्वसाधारण सहित आन्दोलनमा आउने छौं। हामीले हाम्रो सेवा बन्द गरेपछि बैंक, सञ्चार गृह र अदालतलगायत सबै बन्द हुने छन्।’

सघंर्ष समितिका सदस्य मनोज गुरुङले सरकारले करिब ४ सय प्रतिशत पोलभाडा वृद्धि गरेको बताए। प्राधिकरणले तार काट्यो भने केवल, इन्टरनेट लगायतका सबै सेवा बन्द हुने उनको भनाइ छ।

महासंघको घोषणापत्रमा सरकारको अनुमति नलिइ टेलिभिजन कन्टेन प्रशारण गर्ने प्लेटफर्महरु बन्द गराउन आग्रह गरिएको छ। विज्ञापनसहित भएका गैरकानूनी प्रसारण तत्काल रोकी कानूनसम्मत रुपमा मात्र प्रसारण गराउन भेलाले माग गरेको छ। केवल अपरेटरले दोहोरो कर तिनुपर्ने अवस्थाको अन्त्य गर्न पनि महासंघले माग गरेको छ।

प्रकाशित: Sep 30, 2021| 23:35 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्