सोमबार, जेठ २७, २०८२

ओली कार्यकर्ताको स्कर्टिङमा गोदावरी पुग्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरूको स्कर्टिङमा विधान महाधिवेशन स्थल गोदावरी पुग्ने भएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरूको स्कर्टिङमा विधान महाधिवेशन स्थल गोदावरी पुग्ने भएका छन्।

ओलीलाई कार्यकर्ताहरूले ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्ने बताइएको छ। स्टकर्टिङमा गोदावरीस्थित सम्मेलन केन्द्र पुगेर ओलीले विधान महाधिवेशनको उदघाटन गर्नेछन्।

उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन्। 

विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुँदै छन्। महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन्। 

एमाले नेताहरूले विधान महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि कोसेढुंगा साबित हुने दाबी गरेका छन्।

प्रकाशित: Oct 01, 2021| 11:53 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...