मंगलबार, असार ३, २०८२

खड्कप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको जारी विधान महाधिवेशनलाई केपी ओलीको निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको जारी विधान महाधिवेशनलाई केपी ओलीको निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फाँसीवाद जन्माउने हो। चेतना भया!'

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा तीन दिनसम्म चल्ने छ। महाधिवेशनमा आज समूहगत छलफल भइरहेको छ। भोलि तेस्रो दिन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफसहित महाधिवेशन समापन हुनेछ। 

एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी छन्।

प्रकाशित: Oct 02, 2021| 08:16 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...