शुक्रबार, जेठ २४, २०८२

एमालेमा अब ७ उपाध्यक्ष र ३ उपमहासचिव!

सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। उनले पोलिटब्यूरो कायमै राख्‍न पनि सुझाव दिए।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन तीनवटा केन्द्रीय निकायले प्रतिवेदन प्रस्तुत गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको पहिलो दिन राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए। 

त्यसमा कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझाव राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थप्नुपर्ने र पोलिटब्यूरो कायमै गर्नुपर्ने बताए ।

केन्द्रीय निकाय तथा विभागका तर्फबाट सुझाव राख्दै पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले प्रदेश कमिटी १५१ सदस्यमा समिति गर्ने तथा सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्नेमा जोड दिए ।

लुम्बिनीप्रदेशका तफबाट अध्यक्ष लिला गिरीले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव राख्न सुझाव प्रस्तुत गरेका हुन्। यस्तै, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। उनले पोलिटब्यूरो कायमै राख्‍न पनि सुझाव दिए।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिका अनुसार बाँकी रहेका पाँच समूहका तर्फबाट भोली सुझाव राखिनेछ। महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्ने भएको छ।



प्रकाशित: Oct 02, 2021| 21:35 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...