सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शक्ति केन्द्रको दबाबमा नियुक्त भएका बिच्छाको तीन वर्ष कार्यकाल थपिँदै

शक्ति केन्द्रको दबाबमा नियुक्त भएका बिच्छाको तीन वर्ष कार्यकाल थपिँदै

शक्ति केन्द्रको पहुँचमा वरीयता मिचेर नियुक्त भएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको पदावधि थप्ने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कार्य अवधि तीन वर्ष थप्न लागेको हो।
 |  सोमबार, असोज १८, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असोज १८, २०७८

काठमाडौं– शक्ति केन्द्रको पहुँचमा वरीयता मिचेर नियुक्त भएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको पदावधि थप्ने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कार्य अवधि तीन वर्ष थप्न लागेको हो।

डा. बिच्छा गत साउनमा प्रधानमन्त्री पत्नी आरजु राणाको दबाबमा स्वास्थ्य सेवा विभागमा वरीयता मिचेर नियुक्त भएका थिए। विभागमा १२ औं तहका विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई हटाएर ११ औं तहका विच्छालाई विभागको जिम्मेवारी दिइएको थियो।

महानिर्देशक बिच्छाले अबको १८ दिनमा अनिवार्य अवकाश पाउँदैछन्। स्वास्थ्य सेवा ऐनअनुसार कर्मचारीको सेवा उमेरहद ६० वर्षको छ। तर उनलाई अनिवार्य अवकाश दिनुको साटो तीन वर्ष कार्यअवधि थप गर्ने तयारी भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

ती अधिकारीका अनुसार बिच्छाको कार्य अवधि तीन वर्ष थप गर्न मन्त्रालयबाट क्याबिनेटमा फाइल पठाइसकेको छ। उनले भने, ‘कानुनबाहिर गएर नियुक्त गरिएका बिच्छालाई टिकाउन कानुन मिचेर फाइल उठिसकेको छ, यो त हदभन्दा धेरै भयो, सत्ताको दम्भ बढ्न थाल्यो।’

स्वास्थ्य सेवा ऐनको दफा, ४५ को उपदफा १ मा ६० वर्ष उमेर पूरा भएको वा दफा १९ बमोजिमको पदावधि पूरा गरेको कर्मचारीले सेवाबाट स्वतः अवकाश पाउँछ। सोही दफाको उपदफा २ मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा साठी वर्ष पूरा भई अवकाश हुने कर्मचारीलाई बढीमा तीन वर्षको अवधि थप्न सक्नेछ। 

मन्त्रालयका कानुन अधिकृत मनबहादुर बस्नेत भन्छन्, ‘कुनै पनि कर्मचारीले अनिवार्य अवकाश पाएको सन्दर्भमा सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा मात्रै साठी वर्ष पूरा भएका कर्मचारीको पनि बढीमा तीन वर्षको अवधि थप्न सकिनेछ तर उक्त कर्मचारीले विशेषज्ञका रुपमा काम गर्नुपर्नेछ।’

मन्त्रालयका ती उच्च अधिकारी भन्छन्, ‘१२ औं तहका व्यक्तिलाई सजिलै पाखा लगाएर नियुक्त भएका डा. बिच्छालाई अहिले त कानुनले नै तीन वर्ष थप गर्न सकिन्छ भनेको छ। सायद आजै उनको निर्णय हुन्छ।’ 
स्वास्थ्य सेवा नियमावलीको दफा १०१ मा सेवा अवधि सकिएका कर्मचारीलाई दुई अवस्थामा मात्रै  समयावधि थप गर्न सकिन्छ। दफा १०१ (क) अनुसार अवकाश हुने कर्मचारी सेवामा कामकाज चलाउन अत्यावश्यक देखिएमा समयावधि थप गर्न सकिन्छ। उपदफा १०१ (ख) अनुसार आवकाश हुने कर्मचारीको पछिल्लो दुई वर्षको कार्य सम्पादनको मूल्यांकनको स्तर कम्तीमा उत्तम रहेमा सेवा अवधि थप गरिने व्यवस्था छ।

मन्त्रालयका स्रोतका अनुसार बिच्छाले स्वास्थ्य क्षेत्रमा आफ्नो आवश्यकता भएकाले म्याद थप गर्न भन्दै निवेदन दिएका थिए। सोहीअनुसार फाइल उठेको हो। 

मन्त्रालयका ती उच्च अधिकारी भन्छन्, ‘१२ औं तहका व्यक्तिलाई सजिलै पाखा लगाएर नियुक्त भएका डा. बिच्छालाई अहिले त कानुनले नै तीन वर्ष थप गर्न सकिन्छ भनेको छ। सायद आजै उनको निर्णय हुन्छ।’ 

तर डा. बिच्छा नभई नहुने भन्ने केही छैन। मन्त्रालयमा उनको तहका धेरै कर्मचारी योग्य र विज्ञ छन्। ती उच्च अधिकारी भन्छन्, ‘उनी नभई केही काम रोकिनेवाला पनि छैन, न त उनको उत्कृष्ट कार्यसम्पादन नै छ।’



प्रकाशित: Oct 04, 2021| 15:28 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।