शुक्रबार, जेठ ३, २०८२

मादी घटनाका दोषीमध्ये चार जना जेल चलान

संखुवासभाको मादी मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं–  संखुवासभाको मादी मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन्। संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको छ। अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ। 

मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसमेत गरी एकै परिवारका ६ जनाको कर्तव्य गरी हत्या आरोपमा पक्राउ उनीहरूलाई अदालतले फैसला सुनाएको हो।

गत भदौ २१ गते हत्यामा संलग्न रहेको अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ। त्यस्तै एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाइएको छ।

असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेस गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो। बहसपछि अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर शुभेष अधिकारीले जानकारी दिए।

प्रकाशित: Oct 05, 2021| 08:28 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।