आइतबार, असार ८, २०८२

मोतीपुरमा तनाव : १९ प्रहरी र दर्जनौं स्थानीय घाइते

औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयहरुले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

बुटवल- रुपन्देहीमा बुटवल मोतीपुर औद्योगिक क्षेत्रभित्र दिउँसोदेखि तनावग्रस्त बनेको छ। औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयहरुले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो। 

प्रहरीले गोली चलाउँदा स्थानीय दुई जना गम्भीर घाइते भएका छन् भने दर्जन बढी स्थानीय घाइते भएका छन्। प्रहरीमात्रै १९ जना घाइते भएका छन्। 

स्थानीयले ढुंगासहित आक्रमणमा उत्रिएपछि प्रहरीले गोली प्रहार गरेको थियो। स्थानीयहरु पनि दर्जनौं घाइते भएको बताइएको छ। रिर्पोटिङमा गएका सञ्‍चारकर्मी दिनेश ज्ञवालीको आन्दोलनकारीको आक्रमण गर्दा टाउकोमा चोट लागेको छ। 

प्रहरी र स्थानीयबीच झडप हुँदा पत्रकारमाथि दुव्यर्वहार भएको थियो। घटनास्थल सशस्त्र र जनपद प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ। स्थानीयहरुले सशस्त्र प्रहरीको कार्यालयमा आगजनी गरेका छन्। स्थानीयले पेट्रोल बम नै प्रहार गरेको प्रहरीले जनाएको छ। 

स्थिति तनावपूर्ण भएपछि निषेधाज्ञा 

मोतीपुर क्षेत्र निकै तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु लगाएको छ।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पूर्व बुटवल १७ शिवनगरदेखि  वडा न. १८ सौरहियासम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तर शिवनगर रानीगञ्‍ज बस्ती र दक्षिण औद्योगिक क्षेत्रको जमिनसम्म कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गरि कर्फू आदेश जारी गरेका हुन्।

प्रकाशित: Oct 10, 2021| 17:09 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।