आइतबार, असार ८, २०८२

मोतीपुरमा गोली चल्दा १४ सर्वसाधारण घाइते

रुपन्देहीको मोतीपुरमा जग्गा अतिक्रमण विवादका विषयमा झडप भएपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर १४ सर्वसाधारण घाइते भएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

बुटवल- रुपन्देहीको मोतीपुरमा जग्गा अतिक्रमण विवादका विषयमा झडप भएपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर १४ सर्वसाधारण घाइते भएका छन्।

जग्गा अतिक्रमण कपिलवस्तु बाणगंगा नगरपालिका १० बस्‍ने बर्ष २० का रमेश परियार गोली प्रहारबाट घाइते भएका छन्। उनको बायाँ खुट्‌टाको साप्रामा गोली लागेको छ। जग्गा अतिक्रमणका लागि उनी कपिलवस्तुबाट मोतीपुरमा आएका हुन्। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

 

यस्तै तिनाउ गाउँपालि वडा न. २ पाल्पा वर्ष १९ वर्षीय समिर थापाको दुवै खुट्टाको कुर्कुचामा गोली लागेको छ। रुपन्देही सैनामैना ८ बासगढीका ३२  वर्षीय सन्तोष विकको तिघ्रामा, नवलपरासी बर्दघाट ४ बस्ने ३२ वर्षीय विजयी साहनीको कम्मरमा गोली लागेको छ। 


बुटवल १७ बस्‍ने ६२ वर्षीय ज्ञान बहादुर गुरुङ, पाल्पा रिब्दीकोट २ बस्‍ने ४३ वर्षीय भिम बहादुर शाही, ओमसतिया २ का ६३ बर्षिय मनरुपा मगर र  रुपन्देही बुटवल १३ का ३४ बर्षिय रुक बहादुर बुढा (पृथ्वी) सहित १४ जना घाइते भएका छन्।

प्रकाशित: Oct 10, 2021| 17:25 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।