आइतबार, असार ८, २०८२

मोतीपुर घटना : जग्गा जोगाउन गृहमन्त्रीको निर्देशन

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्ने र प्रहरीबीच झडप भएपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्ने र प्रहरीबीच झडप भएपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। 

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए।

बैठकमा मन्त्री खाँणले कुनै हालतमा औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी कारवाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ। 

प्रकाशित: Oct 11, 2021| 15:11 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।