आइतबार, असार ८, २०८२

पूर्वी नवलपरासीको पहाडी भेगमा जोखिमपूर्ण यात्रा [फोटोफिचर]

पूर्वी नवलपरासिको पहाडी भेगमा दशैका लागि घर फर्किने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

नवलपुर-  पूर्वी नवलपरासिको पहाडी भेगमा दशैका लागि घर फर्किने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

सडक निर्माण भएको तीन दशकसम्म पनि सडक सुधार हुन सकेको छैन। दशैलाई लक्षित गरी वर्षातका कारण क्षतविक्षत भएको सडक मर्मत गरी सञ्चालन गरिएको छ । तर, दलदलेदेखि बुलिङटार र डेढगाउँसम्म जाने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पहिरोले त्यसै जोखिमपूर्ण रहेको सडकमा दशै मान्ने यात्रुहरू जिपको छत छतमा बसेर यात्रा गर्न बाध्य छन्।

अमेरिकाका गेरी सेफदले पहाडी भेगका जनताले पैदल हिँड्न नपरोस् भन्ने उद्देश्यले २०४८ सालमा दलदलेदेखि अर्खलासम्म कच्ची सडकको योजना अघि सारेका थिए। अर्खलासम्म २०५५ सालमा पहिलोपटक गाडी पुग्दा जनता धेरै खुसी थिए। अर्खलासम्म गाडी पुगेपछि बुलिङटार, डाँडाझेरी, कोटरथर, भारतीपुर डेढगाउँसहित तनहुँका दक्षिणी भेगका जनतासमेत हर्षित भएका थिए।  त्यसपछि २०६० सालमा बुलिङटारसम्म गाडी पुगेको हो ।

४२ किलोमिटर दलदले बुलिङटार सडकखण्ड बनेको तीन दशकसम्म  पनि सडकको मुहार फेरिन नसकेको बुललिङटारका स्थानीय प्रकाश गिरी बताउँछन्।  लाखौं जनताको भविष्य जोडिएको सडक सुधार नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले सुनाए।


 



 



 



 

प्रकाशित: Oct 13, 2021| 10:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।