बुधबार, असार ४, २०८२

'बैंकले धितो सुन नलिएपछि दशाजस्तै बन्‍यो दसैं'

हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्‍न बाध्य छन्। दसैंका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुनसमेत कर्जामा राखेका जनाइएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

हुम्ला- हुम्लाका दलित समुदायलाई  आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु  बेरोजगारीमा बस्‍न बाध्य छन्। दसैंका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुनसमेत कर्जामा राखेका जनाइएको छ। 

ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे। उनले भने, 'म सधै कमाई गर्न भारत जान्थे।  गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन।  श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु।'

वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफूले पनि घरमा जे-जति भएको त्यहि सुनको गहाना बिक्री गरेर दसैं मनाउन लागेको उनको भनाइ थियो। उनले भने, 'रोजगारीका लागि भारत, चीन लगायतका  देशमा गएर काम गरेर दसैं मनाउन पैसा कमाइन्थ्यो। यस वर्ष त्यसो हुन सकेन्।'

यस्तो पीडा उनको मात्र नभइ जिल्लाका अन्यको पनि उस्तै छ। सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दसैं आर्थिक अभावका कारण मनाउन नसकिएको बताए। 

दसैंमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय बाणिज्य बैंकमा सुन राख्न जाँदा बैँकले सुन नराखेपछि यस वर्षको दसैं दसा जस्तै भएको उनको गुनासो छ।  कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य  पनि यहाँ आकासिएको छ। -रासस

प्रकाशित: Oct 14, 2021| 17:20 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।