शनिबार, असार ७, २०८२

वर्षाले धानबालीमा क्षति

दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्‍याएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

बुटवल- दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्‍याएको छ। धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ। 

रुपन्देही मर्चवारका रामअवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए। ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी वर्षा सुरु भयो। वर्षभरिको मेहनत खेर गर्यो,’ उनले भने।

धेरैजासो किसान दसैं मानेर धान काट्ने तयारीमा थिए। केही किसानले धान काट्न सुरु पनि गरेका थिए। काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ। बुटवल उपमहानगरपालिका–१५ रानीगन्जका जीतबहादुर रानाले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पुर्‍याएको बताए। ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै नष्ट गर्यो,’ उनले भने।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो। रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ। थोरैले मात्र उठाउन भ्याएका छन्।

ओमसतिया गाउँपालिका–५ का गजेन्द्र चौधरीले पनि सबै धानबाली डुबानमा परेको बताए। समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो। यसवर्ष समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ। रुपन्देही समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए। ‘हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ,’ उनले भने। -न्युज कारखाना

प्रकाशित: Oct 18, 2021| 19:30 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।