शनिबार, असार ७, २०८२

सोमबार रातिदेखि बाढीमा फसेका चारजनाको सकुशल उद्धार

दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

नेपालगञ्‍ज- दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ।

बाँकेको डुडुवा गाउँपालिका-४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।

‘उनीहरू बाढीमा फसेको हिजो नै जानकारी पाए पनि अँध्यारोका कारण उद्धार गर्न नसिकएकाले बिहानै उद्धार गरिएको हो,’ बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने।

राप्ती नदीमा फसेकामा डुडुवा गाउँपालिका-४ निवासी सोखत नाउ, सब्बिर खाँ, प्रमोद लोनिया र नाजिर खाँ हुन्। राप्तीको बाढीमा फसेका अन्य तीनजना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ। बाढीमा फसेका चारैजनाले रूखमा चढेर रात बिताएका थिए।

अविरल वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको थयो। - न्युज कारखाना


प्रकाशित: Oct 19, 2021| 13:57 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।