शनिबार, असार ७, २०८२

लुम्बिनीमा १ लाख २९ हजार हेक्टर धानखेतीमा क्षति

कृषि विकास निर्देशनालयका लुम्बिनीका अनुसार १२ जिल्लामा खेतमा काटेर पाजा लगाएर रोखेको ३६ हजार ४ सय २० हेक्टर क्षेत्रफल धानमा क्षती पुगेको छ। बर्षाका कारण ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धान ढल्नुका साथै डुबानमा परेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

बुटवल- बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा धानबालीमा सबैभन्दा ठूलो नोक्सान पुगेको छ। कृषि विकास निर्देशनालयका लुम्बिनीका अनुसार १२ जिल्लामा खेतमा काटेर पाजा लगाएर रोखेको ३६ हजार ४ सय २० हेक्टर क्षेत्रफल धानमा क्षती पुगेको छ। बर्षाका कारण ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धान ढल्नुका साथै डुबानमा परेको छ।

धान काटेर फिँजाइएको र ढलेको तथा डुबानमा परेको धानलाई जोड्दा १ लाख २९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा क्षति पुगेको लुम्बिनी कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले बताए। लुम्बिनी प्रदेशमा यो वर्ष ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा धान लगाइएको छ। यसमध्ये ५५ हजार ५४ हेक्टर धान थन्काइसकेको निर्देशनालयले जनाएको छ। भित्र्याउन बाँकी रहेको धानमध्ये १ लाख ३२ हजार ३ सय ६७ हेक्टर मात्रै धानखेती बचेको छ।

यो पनि निरन्तर वर्षा भइरहेकाले जुनसुकै बेला क्षति हुनसक्ने कृषि विज्ञहरुको भनाइ छ। ‘पाजो लगाएर राखेको धान एक दुई दिनमा घाम लाग्यो भने हकुवा भएपनि प्रयोग गर्न सकिन्छ, यस्तै पानी पर्ने र बीचमा घामपानी हुने हो भने उम्रन सक्छ,’ वरिष्ठ कृषि प्रसार अधिकृत रामप्रसाद पाण्डेले भने। उनका अनुसार पाजो लगाएको, ढलेको र डुबानमा परेको धान मौसम यस्तै भइराखे बिग्रने बताए।

‘हाम्रो सम्झनामा धान स्यार्नेबेलामा यसरी पानी परेको पहिलो पटक नै हो। सामान्यतया दसैं तिहारकै बीचमा धान स्यार्ने हो, यो पटक मौसमले गर्दा ठूलो क्षती भयो,’ उनले भने। धेरैजसो खेतमा यतिखेर धान काट्ने बेला भइसकेको छ। लुम्बिनी कृषि विकास निर्देशनालयका अनुसार वर्षाका कारण सबैभन्दा धेरै क्षति बर्दियामा भएको छ। 

बर्दियामा १० हजार हेक्टरको धान काटेर खेतमा राखेको अवस्थामा वर्षाले क्षति पुर्‍याएको छ। यस्तै कपिलवस्तुमा आठ हजार ८ हेक्टर, बाँकेमा ७ हजार हेक्टर, प्यूठानमा ३ हजार ७ हेक्टर, दाङमा ३ हजार ४ सय हेक्टर र रुपन्देहीमा ३ हजार ४ सय ६५ हेक्टर धानखेती क्षती पुगेको छ। यसका साथै रोल्पामा २५ हेक्टर मकै ढलेको कृषि विकास निर्देशनालयले जनाएको छ। त्यस्तै कोदो ५ हेक्टर क्षती पुगेको छ।

प्रकाशित: Oct 20, 2021| 13:27 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।