शनिबार, असार ७, २०८२

अफगानी नागरिकको जीवन रक्षाको माग गर्दै बुटवलमा प्रदर्शन

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार बुटवल चौराहामा शान्ति र्‍याली गर्दै अफगानी नागरिकको जीवन रक्षाको माग गरेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

बुटवल- मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले संयुक्त राष्ट्र संघको स्थापना दिवस बुटवलमा मनाएको छ। संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार बुटवल चौराहामा शान्ति र्‍याली गर्दै अफगानी नागरिकको जीवन रक्षाको माग गरेको छ। 

सो अवसरमा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले तालिबानमा मानवअधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने बताए।

उनले तानाशाही शासन संसारमा कहीँ पनि टिक्न नसक्ने धारणा राखे। उनले आफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला, बालबालिका असुरक्षित भएको भन्दै त्यसतर्फ विश्वको ध्यान जानुपर्ने बताए। पत्रकार महासंघ  रूपन्देहीका सभापति रामराज पोखरेलले प्रेस स्वतन्त्रता र मानवअधिकारको सवालमा आफूहरु सदैव क्रियाशिल रहने बताए। 

कार्यक्रममा समाजका केन्द्रीय सचिव मिना ढकाल, केन्द्रिय सदस्य विष्णु भुसाल, रूपन्देही सभापति डीपी खनाल, सचिव कपिल ज्ञवालीको उपस्थिति थियो। 

समाजले ‘अफगानिस्तानलाई नरक हुनबाट जोगाऔँ’,तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा असुरक्षित महिलालगायतका प्लाकार्ड प्रदर्शन गरिएको थियो। सन् २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।  

प्रकाशित: Oct 24, 2021| 15:28 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।