शनिबार, असार ७, २०८२

एमाले अधिवेशन: लुम्बिनीका ११ पालिकामा विवाद

सर्वसहमति बनाउन खोज्दा लुम्बिनीका ११ पालिकामा एमालेको अधिवेशन लम्बिएको छ। १ सय ९ पालिकामध्ये ९८ मा नेतृत्व चयन भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

बुटवल- सर्वसहमति बनाउन खोज्दा लुम्बिनीका ११ पालिकामा एमालेको अधिवेशन लम्बिएको छ। १ सय ९ पालिकामध्ये ९८ मा नेतृत्व चयन भएको छ। 

सर्वसम्मत नेतृत्व चयनका लागि आकांक्षीलाई मनाउने नाममा अधिवेशन लम्बिएको हो। रुपन्देहीमा एमाले महासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल पक्षमा नेतृत्वमा विभाजित भएका छन्। 

भुसालको गृहनगर तिलोत्तमामा पौडेल पक्षले दाबी नछाडेपछि सर्वसहमतीको प्रयास विफल भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका सहित देवदह नगरपालिका, सिद्धार्थनगरपालिका र सियारी गाउँपालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन। बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्षमा सहमति भए पनि सचिव र दुई वटा उपसचिवमा कुरा मिलेको छैन। 

बर्दियाको राजापुर गाउँपालिका र गेरुवा गाउँपालिकामा बाढी पहिरो प्रभावित क्षेत्र भएका कारण कार्तिक १५ गतेका लागि अधिवेशनको मिति तय गरिएको छ। गुल्मीका दुई वटा पालिकाहरु मदाने र धुरकोट गाउँपालिकामा आंकक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा हालसम्म नेतृत्व चयन हुन सकेको छैन। बाँकेको कोहलपुर नगरपालिका, रोल्पाको थवाङ, लिवाङमा बिहीबार अधिवेशन गर्ने गरी कार्यक्रम तय गरिएको एमाले लुम्बिनी प्रदेशले जनाएको छ। 

 नवलपरासीको सुनवल र बर्दघाट बाहेकका सबै पालिकामा सहमतिमै नेतृत्व चयन भएको एमालेले जनाएको छ। लुम्बिनीका चार वटै उपमहानगरपालिकामा भने नेतृत्व सर्वसम्मत निर्वाचित भएका छन्। 

बुटवल उपमहानगरपालिकामा किशन ज्ञवाली, तुलसीपुर उपमहानगरपालिकामा माधव वली, घोराही उपमहानगरपालिकामा भुवन चौधरी र नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य अध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित: Oct 27, 2021| 13:33 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।