बुधबार, जेठ ८, २०८२

मनै लोभ्याउने लोमान्थाङ [तस्बिरमा]

हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो मानिने लोमान्थाङमा तिब्बती र रैथाने थकाली समुदायको बसोबास छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

उत्तम शाक्य

उत्तम शाक्य

बिहीबार, कात्तिक ११, २०७८

मुस्ताङ– लोमान्थाङ मुस्ताङको उत्तरी भागमा पर्ने विशेष संरक्षण क्षेत्र हो। असोज लागेपछि यहाँ आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ। होटेलमा अग्रिम बुकिङ हुन थालेका छन्।

पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेका छन्। वरिपरि उभिएका पहाड सुन्दर कालीगढी रचनाजस्ता लाग्छन्। हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो मानिने लोमान्थाङमा तिब्बती र रैथाने थकाली समुदायको बसोबास छ। लोमान्थाङ माटोको गाउँ (मड सिटी) का रूपमा पनि चिनिन्छ। यहाँका घर, दरबार, गुम्बा, मन्दिर माटोले बनेका छन्। 




प्रकाशित: Oct 28, 2021| 08:30 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।