शनिबार, असार ७, २०८२

फूलबारी क्षेत्रका खसी बाख्रामा प्रकोप, दुई सातामा ३० मरे

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ। खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ। खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो। 

खसी बाख्रामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानहरूले बताएका छन्। प्रकोपबाट दुई साताको अवधिमा ३० खसी बाख्रा मरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बाख्रा पालन गर्दै आएका ६ जना किसानका ३० वटा खसी बाख्रा मरेको बाख्रा पालक किसान गोविन्द सुवेदीले जानकारी दिए।

उनका अनुसार खसी बाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो। उक्त समस्या देखिएको केही दिनमा नै सबै खसी बाख्रा मरेको उनले बताए। बिरामी भएका स्थानीय किसान हिरामती चौधरीका चार खसी र सात बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीको दुई बाख्रा, शान्ता चौधरीको ६ बाख्रा, बलवीर चौधरीको चार वटा बाख्रा, मनोज चौधरीका चार बाख्रा र पूर्ण बहादुर चौधरीका दुई बाख्रा मरेको उनले जानकारी दिए।

दुई साताको अवधिमा उक्त संख्यामा खसी बाख्रा मरेको र अझैँ पनि ८ वटा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए।

किसानले समयमा उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए। वर्षातको समयमा खसी बाख्राको खानपान र स्याहारमा ध्यान नदिँदा मरेको उनले बताए। चरनका क्रममा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरूको खानपान, औषधीउपचार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने उनले बताए। आफूहरूले पीडित किसानसँग भेट गरी बाँकी बिरामी बाख्राका लागि औषधी र परामर्श दिइएको आचार्यले जानकारी दिए। -न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 21:15 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।