शनिबार, असार ७, २०८२

लुम्बिनीको विकासमा विमानस्थल कोशेढुंगा : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन गर्नुपर्ने बताएकी छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

बुटवल– राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन गर्नुपर्ने बताएकी छन्।

राष्ट्रपति भण्डारीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा राखिएको बुद्धमूर्तिको अनावरण गर्दै विमानस्थल  लुम्बिनीको विकासका लागि कोशेढुंगा सावित हुने बताइन्। गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षणको एक पवित्रस्थल रहेको बताउँदै उनले यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने बताइन्।  

उनले लुम्बिनी क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिट्टै सक्न सरकार तथा सम्बन्धित निकायलाई निर्देशन समेत दिइन्। 

राष्ट्रपति भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्ति अनावरण गरेकी हुन्। स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले विमानस्थलमा राख्नका लागि म्यानमारबाट मूर्ति यहाँ ल्याएको थियो।

उक्त मूर्ति बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको हो। मूर्ति अनावरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीलाई विश्व शान्तिको क्षेत्र बनाउन सरकार लागिपरेको बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, स्पेनका क्षेत्रीय सभाका सभामुख बलान्का मार्टिन डेल्गाडो, लुम्बिनी गार्डेन फाउण्डेसनका पदाधिकारी, प्रदेशसभाका सदस्यलगायत देशविदेशका विशिष्ट व्यक्तिहरुको कार्यक्रममा सहभागिता थियो। 

भण्डारीले आइतबार नै लुम्बिनीस्थित नेपाल परम्परागत बौद्ध धर्म संघले निर्माण गरेको नेपाल बज्रयान महाबिहारको पनि उद्घाटन गरेकी थिइन्। यस्तै, उनले लुम्बिनी गुरुयोजनाबारे जानकारी पनि लिएकी थिइन्।

प्रकाशित: Oct 31, 2021| 16:58 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।