शनिबार, असार ७, २०८२

गौतमबुद्ध विमानस्थलमा किन फहराइयो चिनियाँ झन्डा?

ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपका कामदारहरुले आफ्नो देशको झन्डा राखेको बताए। ‘विशेष उत्सव र पर्वमा चिनियाँहरुले झन्डा राख्‍ने गर्छन,’ उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

बुटवल- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनयता चीनको झन्डा फहराइरहेको छ। निर्माणधिन विमानस्थलको भवनमै झन्डा फहराएपछि विमानस्थल पुग्‍नेहरु आश्चर्यचकित भएका छन्। नेपालको विमानस्थलमा चिनियाँ झन्डा राखेपछि यसबारे चासो बढेको हो।

सामान्यतया विमानस्थलको भवनमा आफ्नो देशको मात्रै झन्डा राख्‍ने प्रचलन हुन्छ। तर, केही महिनायता भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ झन्डा फहराएको छ।  यसरी झन्डा फहराएको विषयमा सर्वसाधरण नागरिकहरुले चासो व्यक्त गरिरहँदा विमानस्थलले भने यसलाई स्वभाविक मानेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपका कामदारहरुले आफ्नो देशको झन्डा राखेको बताए। ‘विशेष उत्सव र पर्वमा चिनियाँहरुले झन्डा राख्‍ने गर्छन,’ उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

उनले कहिलेकाहीँ मात्रै विमानस्थलको निर्माणमा खटिएका चिनियाँहरुले आफ्नो देशको झन्डा फहराएको बताए पनि विमानस्थलको भवनमै झन्डा देखिएकाले कूटनितिक रुपमा प्रश्न उठाइएको छ। चिनियाँ कामदारहरुले कार्यालय, कोठा र बैठक कक्षमा समेत चिनियाँ झन्डा राख्‍ने गरेका छन्। द्विपक्षीय सम्बन्ध कायम भएको देशहरुको विमानस्थलमा झन्डा राख्नु स्वभाविक भएको आयोजना प्रमुख अधिकारीले बताए। चिनियाँहरुले आफ्ना चाडपर्व, राजदूतावास र चिनबाट कोही आउँदा र विशेष अवसरका बेलामा झन्डा नियमित राख्दै आएका छन्।

विमानस्थलमा आइतबार बुद्धको मूर्ति अनावरणमाका बेलामा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको अधिकारीले बताए। ठेकेदार कम्पनीले विमानस्थलमा टाढैबाट देखिने गरी झन्डा नियमित फहराउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ। यसबारे जिल्ला प्रशासनले समेत कुनै जानकारी नभएको बताएको छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन गु्रपले काम गरेको हो। अहिले पनि १५ जना चाइनिज् कामदार विमानस्थलमा खटिएका छन्।  विसं २०७१ माघ १ देखि सुरु गरेको हो। कूल रु ६ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्‍न गरी नर्थ वेस्टले ठेक्का पाएको हो। तर, निर्माण भने अझै पूरा भएको छैन।

प्रकाशित: Nov 01, 2021| 19:35 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।