आइतबार, जेठ १२, २०८२

प्रदेश २ : एसलाई सरकारमा ल्याउन पर्यटनमन्त्री धरापमा

प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सामेल भएपनि एसले मन्त्रालयमा चित्त नबुझाएका कारण सरकारमा सहभागी थिएन। चित्तबुझ्दो मन्त्रालय दिएर एसलाई पनि सरकारमा ल्याउने कसरतमा मुख्यमन्त्री राउत लागेको स्रोतको भनाइ छ।
 |  आइतबार, कात्तिक २८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, कात्तिक २८, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी-एस)लाई सामेल गराउन एक जना मन्त्रीलाई राजीनामा गराउने तयारी सत्ता गठबन्धनले गरेको छ। एसलाई चित्तबुझ्दो मन्त्रालय दिएर एसलाई पनि सरकारमा ल्याउने कसरतमा मुख्यमन्त्री राउत लागेको स्रोतको भनाइ छ। 

प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सामेल भएपनि एसले मन्त्रालयमा चित्त नबुझाएका कारण सरकारमा सहभागी थिएन। 

एसलाई सरकारमा ल्याउनकै लागि मुख्यमन्त्री राउतले एक मन्त्रीलाई राजीनामा दिनका लागि निर्देशनसमेत दिइसकेका छन्। स्रोतका अनुसार उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायलाई राजीनमा दिनका लागि मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्। रायले राजीनामा दिएको भोलिपल्टै नेकपा एस सरकारमा सहभागी हुने तयारीमा छ। एसले मुख्यमन्त्री राउतसँग करिब एक महिना अघिदेखि आकर्षक मन्त्रालयका लबिङ गर्दै आएको मुख्यमन्त्री कार्यालयको भनाइ छ।

एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो सरकारमा जाने तयारीमा छन्। आफ्नो मातहत राखेका २ मध्ये एक मन्त्रालय पनि एसलाई थपिदिने तयारीमा मुख्यमन्त्री राउत छन्। 

उद्योग, वन तथा पर्यटनमन्त्रीले राजीनामा दिन अस्वीकार गरे सामाजिक विकास मन्त्री नवलकिशोर साह राजीनामा दिन दबाब दिने रणनीतिमा मुख्यमन्त्री छन्। यसअघि मुख्यमन्त्री राउतले कांग्रेसलाई सरकारमा ल्याउन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, वन, पर्यटन राज्य मन्त्री सुरेश मण्डल हटाएका थिए। 

त्यस्तै माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहालाई राजीनामा दिन लगाएका थिए।

प्रकाशित: Nov 14, 2021| 21:54 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...