शनिबार, असार ७, २०८२

रोल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

बुटवल- रोल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा जिल्ला माडी गाउँपालिका–६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, कोर्चाबाङ रीचा निवासी ४७ वर्षीया चौसरा विश्वकर्मा र कोर्चाबाङकै १८ वर्षीया लिला पुनमगर रहेका छन्।

रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुंदा २ पुरुष र २ महिलाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ। 

दुर्घटनामा विना घर्तीमगर र पञ्चना विश्वकर्मा गम्भीर घाइते भएका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए। 

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले गृहजिल्लामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्रीको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

प्रकाशित: Nov 14, 2021| 22:07 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।