शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी संसद्‌मा गाईजात्रा: सत्तापक्ष र विपक्षी दलबीच आरोप-प्रत्यारोप

लुम्बिनी संसद्‌मा गाईजात्रा: सत्तापक्ष र विपक्षी दलबीच आरोप-प्रत्यारोप

प्रदेशसभाका दुई सांसद विमला कुमारी वली र अजय शाहीलाई एमालेले आफ्नो सांसद भएको दाबीसहित निलम्बनको माग गर्दै तीन महिनादेखि संसद् अबरुद्ध गर्दै आएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

बुटवल- लुम्बिनी प्रदेशसभा विगत तीन महिनादेखि सुचारु हुनसकेको छैन। सत्तापक्ष र विपक्षी दलबीचको आरोप-प्रत्यारोपको खेलका कारण संसद्‌मा विरोध नाममा गाईजात्राको प्रवृति देखिएको छ। 

मुख्यमन्त्री कुल प्रसाद केसीले सोमबार विपक्षी एमालेले संसद् अवरुद्ध गरेर गाईजात्रा गरेको टिप्पणी गरेका छन्। आइतबार पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सरकार असंवैधानिक बाटो हिँडेको भन्दै दुई जना सांसलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने बताएपछि त्यसको जवाफमा मुख्यमन्त्री केसीले विपक्षी गैरजिम्मेवार भएको आरोप लगाएका हुन्।

लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले आफूले गरेको अलोकतान्त्रिक कदमलाई फर्केर हेर्न आग्रह गरे। केसीले  सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयको अपव्याख्या गर्दै सभामुखलाई लान्छाना लगाउने काम गरेकोमा आपत्ती जनाए।

उनले प्रदेशसभाको गरीमा कायम राख्‍नका लागि समेत ध्यानार्कषण गराए। ‘विगतमा एमाले नेतृत्वको सरकारमा अर्काको दलका सांसद चोरेर सरकार गठन गरेको इतिहास साथीहरु किन भुल्नुभयो,’ उनले भने,‘दुई जना सांसदलाई आफ्नो भन्‍नु सही छैन।’

प्रदेशसभाका दुई सांसद विमला कुमारी वली र अजय शाहीलाई एमालेले आफ्नो सांसद भएको दाबीसहित निलम्बनको माग गर्दै तीन महिनादेखि संसद् अबरुद्ध गर्दै आएको छ। मुख्यमन्त्री केसीले दुई जना सांसदका बारेमा सर्वोच्चमा मुद्दा विचाराधिन रहेकाले यो विषयलाई जोडेर अनावश्यक रुपमा सभामुखमाथी प्रश्न उठाउनु गलत भएको बताए।

उनले लामो राजनीतिक इतिहास बोकेका शक्तिहरु अहिले एकजुट भएर सरकार सञ्‍चालन गर्दै आएको दाबी गरे। उनले पोखरेल नेतृत्वको सरकारले गरेका असंवैधिनिक बाटोलाई सच्चाएर संवैधानिक मूल्य र मान्यतामा सरकार अगाडी बढेको बताए।

एमाले नेता पोखरेलले लुम्बिनी प्रदेशमा मन्त्रीहरुको संख्या १७ जना बनाएकोप्रति आपत्ति जनाएका थिए।  त्यसैको  काउन्टरमा मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तारले राज्यलाई आर्थिक भार बढी भएको आशंका नगर्न आग्रह गर्दै वर्तमान सरकारले विगतको भन्दा चालु खर्च घटाएको र विकास बजेट थप ३ प्रतिशतले बढाएको बताए।

लुम्बिनीको सोमबारको पहिलो बैठक एमालेका सांसदहरुले उठेर विरोध गरेपछि साँढे २ मिनेट बसेर स्थगित भएको थियो। दोस्रो बैठकमा भने एमालेले संसद बहिष्कार गरेका थिए।

प्रकाशित: Nov 15, 2021| 18:41 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।