शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीबाट विप्लव नेकपाका ४४ कार्यकर्ता पक्राउ, सार्वजनिक यातायात ठप्प

लुम्बिनीबाट विप्लव नेकपाका ४४ कार्यकर्ता पक्राउ, सार्वजनिक यातायात ठप्प

कपिलवस्तुबाट २४, दाङबाट १९ र बाँकेबाट १ जना गरी ४४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एंव प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

बुटवल- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको बन्दका कार्यक्रम गर्ने ४४ जना लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट पक्राउ परेका छन्। कपिलवस्तुबाट २४, दाङबाट १९ र बाँकेबाट १ जना गरी ४४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एंव प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए। 

विप्लव नेकपाका कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीसहित २४ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरीले बताएको छ। 

नेकपा जिल्ला इन्चार्ज पदम केसीका अनुसार बाणगंगाबाट कमल केसी, बाणगंगा नगर सेक्रेटरी शेरमान थारु, चन्द्रौटाबाट शिवराज नगर सेक्रेटरी विनोद लुइँटेल, गोरुसिंगेबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विज्ञान केसी सहित २४ जनालाई प्रहरीले पक्राउ गरेको नेकपा जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिए। 

बन्दका कारण लुम्बिनीका १२ वटै जिल्ला प्रभावित भएका छन्। राजमार्गमा केही निजी गाडी चलेपनि सार्वजनिक गाडी चलेका छैनन्।

प्रकाशित: Nov 16, 2021| 15:00 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।