शनिबार, असार ७, २०८२

हैजा नियन्त्रणमा नआएपछि कपिलवस्तुमा 'स्यानकोल' खुवाइँदै

औषधीले झाडापखला नियन्त्रणमा आउन नसकेपछि कपिलवस्तुका ५ स्थानीय तहमा हैजाविरुद्ध खुवाइने भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

बुटवल– औषधीले झाडापखला नियन्त्रणमा आउन नसकेपछि कपिलवस्तुका ५ स्थानीय तहमा हैजाविरुद्ध खुवाइने भएको छ।

असोज १८ गतेदेखि फैलिएको हैजा नियन्त्रणमा नआएपछि मंसिर ५ गतेदेखि साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको ‘स्यानकोल’ खुवाइने भएको हो। लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको उक्त खोप निःशुल्क खुवाउने जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्राप्त खोप मंसिर ५ गतेबाट खुवाइने जनाएको छ। मंसिर ५ गते यशोधरा गाउँपालिकाबाट खुवाउन शुरू गर्ने लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए।

हैजा प्रभावित क्षेत्र कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा दुई चरणमा खोप खुवाइने उनले बताए। एक वर्षदेखि माथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक खोप खुवाइने वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले बताए। चार पालिकामा भने मंसिर ७ गतेदेखि खोप अभियान सन्चालन गरिने मन्त्रालयले जनाएको छ। 

एक वर्षमुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएको अवस्थामा भने खोप खान नमिल्ने पाण्डेले बताए। दुवै मात्रा खोप खाएको ७ दिनपछि यसले कम्तीमा पाँच वर्षसम्म सुरक्षा प्रदान गर्ने पाण्डेले बताए। मन्त्रालयले स्थानीय तहमा खोपको कोटा छुट्याएको छ। 

मन्त्रालयका अनुसार महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८,  विजयनगर गाउँपालिकामा ३५ हजार ९ सय ३ र यशोधरा गाउँपालिकामा ३७ हजार ७ सय ८३ डोज खोप वितरण गरिने छ। 

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए। हैजाका कारण कपिलबस्तुमा ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Nov 18, 2021| 17:41 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।