शनिबार, असार ७, २०८२

सातवटै प्रदेश सभाहरुको सचिवस्तरीय सयन्त्र स्थापना गरिने

प्रदेश सभाहरुको कामकारबाहीमा एकरुपता कायम गर्न सभाका नियमावली संशोधनदेखि परिषद् वा मञ्‍च स्थापनाको पहल गर्ने सहितका विभिन्न निष्कर्ष निकालेको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

बुटवल – लुम्बिनी प्रदेश सभा सचिवालयको समन्वय तथा सहकार्यमा संघीय सचिवालयद्वारा मंसिर १ देखि ४ सम्म बुटवलमा 'सभा तथा सचिवालय सञ्‍चालनसम्बन्धी मामिलामा अनुभव आदान प्रदान एवं अन्तरक्रिया' कार्यक्रम गरेको छ।  प्रदेश सभाहरुको कामकारबाहीमा एकरुपता कायम गर्न सभाका नियमावली संशोधनदेखि परिषद् वा मञ्‍च स्थापनाको पहल गर्ने सहितका विभिन्न निष्कर्ष निकालेको छ।

मुलुकका सातवटै प्रदेश सभाहरुको कामकारवाहीमा एकरुपता कायम गर्न सभाका नियमावलीहरु संशोधन गर्न गृहकार्य थालिने भएको छ। त्यस्तै सचिवस्तरीय अन्तर प्रदेश समन्वय परिषद् वा मञ्‍च स्थापनामा विशेष पहल पनि गरिने भएको छ। त्यस्तै संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरुबीचको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहकार्य एवं समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको छ। 

दुवै सचिवालयका विभिन्‍न तहका पदाधिकारीबीच अन्तर प्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष निकालिएको लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरुलाई संसदीय काम कारवाही, कानुन निर्माण, संसदीय निगरानी, अनुगमन मूल्यांकन लगायतका विषयमा जानकारी गराउन अध्ययन भ्रमण, प्रशिक्षण-तालिम, गोष्ठीजस्ता कार्यक्रमहरु आवश्यकता अनुसार समन्वयगत रुपमा सञ्‍चालन गर्ने निष्कर्ष निकालिएको छ।

संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयका पुस्तकालयलाई अनलाइन माध्यमबाट सम्बन्ध स्थापित गरी सूचना एवं अध्ययन सामग्रीहरुको आदान प्रदान गर्ने जनाइएको छ। 

कार्यक्रममा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, संघीय संसद सचिवालयका सचिव (प्रशासन) धुव्र घिमिरे, संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काको सहभागिता रहेको थियो।

प्रकाशित: Nov 20, 2021| 18:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।