शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दा स्थानीयलाई विस्थापित गरिन्‍न : गृहमन्त्री खाँण

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दा स्थानीयलाई विस्थापित गरिन्‍न : गृहमन्त्री खाँण

गत असोज २४ गते मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा घरटहरा बनाएकाहरुलाई प्रहरी प्रशासनले हटाउनेक्रममा झडप हुँदा चार जना सर्वसाधरणको मृत्यु भएको थियो।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

बुटवल-  गृहमन्त्री बालकृष्ण खाँणले स्थानीयलाई विस्थापित गराएर मोतिपुर औद्योगिक क्षेत्र निर्माण नगर्ने बताएका छन्। लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई आइतबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। 

गत असोज २४ गते मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा घरटहरा बनाएकाहरुलाई प्रहरी प्रशासनले हटाउनेक्रममा झडप हुँदा चार जना सर्वसाधरणको मृत्यु भएको थियो। 

सुकुम्बासीका नाममा जग्गा हडप्‍न खोजेको भन्दै रुपन्देही प्रशासनले केही व्यक्तिलाई पक्राउ गरेर कारबाही गरेको छ। तर, रुपन्देहीका जनप्रतिनिधि समेत रहेका गृहमन्त्री खाँणले भने औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाएर भए पनि फर्साटिकर र अमुवाको जनताको पक्षमा उभिने बताएका हुन्। ‘बसोबास गरिरहेका जनतालाई नहटाइकन उद्योग स्थापनाको व्यवस्था मिलाउनु होस्। 

देश उनीहरुको पनि हो’मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। मोतीपुरमा प्रहरीको गोली लागेर चार जना सर्वसाधरणको मृत्यू हुँदा पनि गहृमन्त्री खाँण यस बिषयमा मौन थिए। संघीय सरकारले मोतीपुरका घटनामा मृत्यू भएका परिवारलाई ५-५ लाख राहात दिने निर्णय गरेको थियो। करिब डेढ महिनापछि गृहजिल्ला आएर खाँणले आफू मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दा नागरिकलाई विस्थापित गर्ने पक्षमा नरहेको प्रष्ट पारे। 

त्यसो त  गत २७ फागुन २१ मा तत्तकालीन अर्थमन्त्री विष्णु पौडेलले ‘मोतीपुर औद्योगिक क्षेत्र’ को शिलान्यास गर्दा स्थानीयहरुले ढुंगामुढा प्रहार गरेका थिए। त्यतिखेर कांग्रेस नेता खाँणले विज्ञप्ती निकालेर विवादकाबीच शिलान्यास नगर्न र स्थानीयलाई विस्थापित नगर्न भनेका थिए।

औद्योगिक क्षेत्रका नाममा ८ सय १३ विगाहाको लालपूर्जा छ। औद्योगिक क्षेत्रले हडपेको जमिन मध्ये २५० बिगाहामा स्थानीयको जग्गा परेको थियो । २०३७ सालदेखि बसोबास गरेका करिव ३ हजार घर परिवार विस्थापित हुने भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेका थिए। स्थानीयहरुको माग सम्बोधन गर्न मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड तयार भएपछि स्थानीयहरु मौन थिए। तर, यहि विचमा सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रकै जग्गा कब्जा गर्नेक्रम बढेको थियो।

प्रकाशित: Nov 21, 2021| 19:06 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।