शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सल्यान कांग्रेस : नेतृत्वमा जिसस प्रमुख र पूर्वप्रमुखबीच प्रतिस्पर्धा, महाधिवेशन प्रतिनिधि बन्न पानीमा प्रचार

सल्यान कांग्रेस : नेतृत्वमा जिसस प्रमुख र पूर्वप्रमुखबीच प्रतिस्पर्धा, महाधिवेशन प्रतिनिधि बन्न पानीमा प्रचार

पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।
 |  सोमबार, मंसिर ६, २०७८

देव राना

देव राना

सोमबार, मंसिर ६, २०७८

सुर्खेत- नेपाली कांग्रेस सल्यानले सोमबार नयाँ नेतृत्व छान्दैछ। नेतृत्वका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ। अन्य जिल्ला जस्तै सल्यानमा पनि संस्थापन (शेरबहादुर देउवा) र संस्थापन इतर समूह चुनावी मैदानमा छन्।

संस्थापन समूहबाट केशबहादुर विष्ट र संस्थापन इतर समूहबाट धुर्वराज पुरी सभापतिका उम्मेदवार छन्। विष्ट जिल्ला समन्वय समितिका प्रमुख हुन् भने पुरी पूर्वजिविस सभापति हुन्।

विष्टको प्यानलबाट उपसभापतिमा सन्तोष केसी र गोपाल बुढाथोकी, सचिवमा दिल्लीप्रसाद जैसी र एकराज बुढाथोकी, सहसविचमा खिमबहादुर रावत र बुद्धिप्रकाश हमालले उम्मेदवार छन्। 

पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।

त्यहाँ संस्थापनइतर समूह बलियो मानिन्छन्। यसअघि भएको प्रदेश निर्वाचनमा संस्थापनइतर समूहले जितेको थियो। प्रदेशसभा (क) मा संस्थापन समूहका गोरखबहादुर खत्रीलाई ११ मतले हराउँदै सुरेश चन्दसहितको प्यानल निर्वाचित भएका थियो। प्रदेश सभा (ख) मा संस्थापन समूहका वीरवहादुर सेजवाललाई ४२ मतले हराउँदै संस्थापनइतर समूहका सुरेश अधिकारी निर्वाचित भए।

सल्यानमा संस्थापन समूहको नेतृत्व पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाह र संस्थापनइतर समूहको नेतृत्व पूर्वकेन्द्रीय सदस्य डिल्लीराज रेग्मी, वहालवाला सभापति गणेश चन्द्र, पूर्वजिविस सभापति धुर्वराज पुरीले गर्दै आएका छन्।

उम्मेद्वारहरुले भड्किलो प्रचारशैलीले अपनाएका छन्। उमेदवारले पानीको बोतलमा समेत प्रचार सामग्री (तस्विर टाँसेर) पानी बाँडिरहेका छन्। संघीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार दिपेन्द्रकुमार खत्रीले पानीको बोतलमा प्रचार सामग्री राखेर पानी बाँढेका हुन्।


अन्य उम्मेद्वारहरुले चौक–चौक र निर्वाचनस्थल नजिकै ठूल–ठूला ब्यानर बनाएर प्रचार–प्रसार गरेका छन्।

निर्वाचन अधिकृत सुनील श्रेष्ठका अनुसार त्यहाँ १ हजार २८० मतदाता छन्। दिउँसो ४ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ। अहिलेसम्म करिव आधा मत खरिसकेको श्रेष्ठले बताए। मतदान सकिए लगत्तै मतगणना गर्ने तयारी छ।


 

प्रकाशित: Nov 22, 2021| 14:47 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।