शनिबार, असार ७, २०८२

कांग्रेस अधिवेशन : रुपन्देही-४ र ५ मा सर्वसम्मत, ३ मा स्थगित

रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

बुटवल- रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। निर्वाचन क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएको हो। विवादका कारण निर्वाचन क्षेत्र न. ३ मा निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए।  

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतरबीच विवाद भएपछि प्रतिनिधिसभाका उम्मेदवार शैलैश पन्त घाइते भएका थिए। यही घटनाले विवाद हुँदा सोमबारका लागि निर्धारण गरिएको निर्वाचन तालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेको हो। 

सोमबार सम्पन्न अधिवेशनबाट रुपन्देही-५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए। 

त्यसैगरी रुपन्देहीको क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्। 

रुपन्देही-४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। यादवको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घिमिरेले बताए। उनका अनुसार निर्वाचन क्षेत्र न. १ र २ मा मतदान जारी छ। 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन्। यसका लागि देवदहमा मतदान जारी छ। 

रुपन्देही-२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेसका अधिकांश प्रदेशसभा सदस्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। 

नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि लिएर लुम्बिनी प्रदेश सरकारमा सामेल कांग्रेसका मन्त्रीहरु पनि निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेदवार बनेका छन्। 

कांग्रेसका प्रदेशसभा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका वसिउद्दीन खाँ र सांसद अष्टभुजा पाठक, प्रदेशसभा सदस्य फकरुद्दीन खाँ, रमा अर्याल, पुष्पा थरुनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन्।

प्रकाशित: Nov 22, 2021| 18:03 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।