शनिबार, असार ७, २०८२

लुम्बिनीमा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लुम्बिनी प्रदेशमा कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १६ दिने अभियानको शुभारम्भ गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

बुटवल- ‘घर र समाजको ऐक्यबद्धता, लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्‍ने नारासहित बिहिबारदेखि नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सुरु भएको छ। लुम्बिनी प्रदेशमा कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १६ दिने अभियानको शुभारम्भ गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन्। 

उक्त अवसरमा बोल्दै मुख्यमन्त्री केसीले संविधान अनुसार नेपालमा कुनै पनि प्रकारको विभेद नरहेको बताए। तर, संविधानमा त्यसो भनिए पनि लैंगिक हिंसाको अवस्थामा भने सुधार आउन नसकेको बताए।  ‘हामीले जे भनेका छौं, त्यो कार्यान्वयन भएको छैन, त्यसैले अब हामीले गर्ने कार्यक्रममा परिवर्तन ल्याउन जरुरी छ,’ उनले भने। उनले सरकारी निकाय र संघसंस्थाले गर्ने कार्यक्रमको मोडालिटीमा समेत व्यापाक सुधार गर्नुपर्ने बताए। 

ग्रामिण भेगमा अझै पनि महिला हिंसाविरुद्धका अभियानका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्‍चालन हुन नसकेको बताए। मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले महिलाहरुमाथि हुने उत्पीडनलाई मध्यनजर गरेरै छुट्टै मन्त्रालय स्थापना गरेको बताए। ‘कतिपयले मन्त्रालय फुटाएको भनेर आलोचना गरेको पनि सुन्छु तर, महिला, बालबालिका र ज्येष्ठ नागरिक विशिष्टकृत हुनुपर्छ भनेर बनाइएको हो,’ उनले भने। 

प्रदेश सरकारले लैंगिक हिंसा न्युनिकरणसँगै महिलाहरुको विकासका निम्ति विभिन्‍न कार्यक्रम सञ्‍चालन गरेको समेत बताए। 

कार्यक्रममा आन्तरीक तथा सञ्‍चारमन्त्री तिलकराम शर्माले प्रविधिले समेत चुनौती थपेको बताए। उनले महिलाको समाजमा योगदान जती हुन्छ त्यसमा पुरुषहरुको निकै कम योगदान हुने बताउँदै त्यसको मूल्यांकन गर्ने गरि अभियानहरु सञ्चालन गर्नुपर्ने बताए। 

कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले प्रदेश सरकारले महिलाहरुलाई लक्षित गरि विभिन्‍न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताइन्। उनले महिलाहरुमाथि हुने हिंसा न्युनिकरणका लागि विभिन्‍न सघसंस्थासँग सहकार्य गर्नेदेखि लिएर विभिन्‍न कार्यक्रमहरु सञ्‍चालन गरेको बताए। 

उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको बताए। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान ३६५ दिन नै सञ्चालन गर्नुपर्ने मन्त्री घर्तीले बताइन्। उक्त अवसरमा प्रमुख सचिव डिल्लिराज शर्मा, कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा, गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, यूएनएफपीओका प्रतिनिधि राम थापा, मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्याल लगायले बोल्दै लैंगिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो औँल्याएका थिए। 

सरकारले संघसंस्थासँग सहकार्य गरेर १६ दिनसम्म विभिन्‍न कार्यक्रमहरु सञ्‍चालन गरेको कानुन अधिकृत सीता घिमिरेले जानकारी दिइन्।  प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्‍चालन गरिन्छ।

प्रकाशित: Nov 25, 2021| 18:39 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।