शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : संस्थापन पक्षका शाह र इतर समूहबाट पुनको प्यानल चुनावी प्रतिस्पर्धामा

लुम्बिनी : संस्थापन पक्षका शाह र इतर समूहबाट पुनको प्यानल चुनावी प्रतिस्पर्धामा

प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

बुटवल–  नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा सभापतिसहित सबै पदमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। १४ औं महाधिवेशनअन्तर्गत प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।

भैरहवास्थित प्रदेश निर्वाचन प्रमुखको कार्यालयमा दुवै पक्षले सबै पदमा मनोनयन दर्ता गराएको निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले बताए। देउवा समूहबाट उपसभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी सरिता चौधरी र बाँकेकी माया पुनले उम्मेदवारी दिएका छन्। 

संस्थापन इतर (पौडेल) पक्षबाट पुनको समूहबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीले मनोनयन दर्ता गराएका हुन्। 

शनिबार मतदानको कार्यतालिका छ। प्रदेश सभा क्षत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको नतिजामा पौडेल पक्ष बलियो देखिएको छ। तर, गृहमन्त्री बालकृष्ण खाँणले शाहलाई समर्थन गर्दै आक्रामक रणनीति अपनाएकाले कडा प्रतिस्पर्धा हुने बताइएको छ। लुम्बिनीमा महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत गरी १ हजार ५ सय ८५ मतदाता छन्।

प्रकाशित: Dec 03, 2021| 16:48 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।