शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीबाट दुई दर्जन नेता कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यका आकांक्षी

लुम्बिनीबाट दुई दर्जन नेता कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यका आकांक्षी

शुक्रबारदेखि राजधानी काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनीबाट झण्डै दुई दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

बुटवल- शुक्रबारदेखि राजधानी काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनीबाट झण्डै दुई दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन्। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी दुई दर्जन नेताले उम्मेदवारीका लागि तयारी गरेका हुन्।

गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्। रुपन्देहीका बासिन्दा खाण 'परिआएमा महामन्त्रीका लागि गृहमन्त्रीसमेत छाड्न तयार' रहेको उनी निकट एक नेताले जानकारी दिए। उम्मेदवारी दिने अन्तिम तयारीमा रहेका नेताहरू काठमाडौं पुगिसकेका छन्।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लुम्बिनीबाट केन्द्रीय कमिटीमा बलियो उपस्थिति हुने बताए। 'पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बलियो उपस्थिति लुम्बिनीबाट हुने देखिएको छ,' उनले भने। 

कांग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य अमरसिंह पुनले लुम्बिनीका विभिन्न नेताले केन्द्रीय कमिटीमा जानका लागि लविङ गरिरहेको बताए। उनका अनुसार पदाधिकारीमा मात्रै लुम्बिनी प्रदेशबाट आधा दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन्। 

खाणले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेपनि आफ्नै प्रदेशमा भने उनी कमजोर देखिएका छन्। लुम्बिनी समितिको निर्वाचनमा खाणले अगाडि सारेका भरतकुमार शाह सभापतिमा पराजित भएपछि प्रदेशमा उनको उपस्थिति कमजोर देखिएको हो। संस्थापन इतर समूहले भने महामन्त्रीमा खाणले समर्थन गर्ने सम्भावना नरहेको प्रदेशकै नेताहरु बताउँछन्। यस हिसावले लुम्बिनी प्रदेशबाट खाणले प्राप्त गर्ने मत कम हुने देखिएको छ।

यसअघि १३औं महाधिवेशनमा देउवा समूहमा लागेका कांग्रेस नेता चन्द्र भण्डारीले अहिले भने गुट परिवर्तन गरेका छन्। उनले अहिले संस्थापन  इतर समूहबाट उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। 'मेरो उम्मेदवारी उपसभापतिमा रहन्छ,  सबै साथीले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,' नेता भण्डारीले टेलिफोन कुराकानीमा भने। उनी गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीसँग पराजित भएका थिए।

तर, उनले उपसभापति नपाए सहमहान्त्रीमा उठ्ने रणनीति पनि बनाएको नेताहरु बताउँछन्। 'अन्य नेताको व्यवस्थापनमा समस्या भए चन्द्र भण्डारी सहमहामन्त्री लड्न पनि सक्नुहुन्छ,' गुल्मी कांग्रेसका एक नेताले भने। 

कांग्रेस नेता भण्डारीले पार्टीलाई नयाँ गति दिन नेतृत्व परिवर्तम हुनैपर्ने बताए। 'अहिलेका नेताको म्याद सकिएको छ, म्याद सकिएका नेताबाट पार्टी चल्न सक्दैन,' उनले भने।

अर्घाखाँचीकी कांग्रेस नेतृ पुष्पा भुसालले पनि पदाधिकारीमा उम्मेदवारी दिने गरी गृहकार्य अघि बढाएकी छन्। उनले कोषाध्यक्षका लागि पार्टीको संस्थापन खेमासँग लविङ गरिरहेकी छन्। 

दाङका कांग्रेस नेता दीपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। लुम्बिनीको निर्वाचनमा संस्थापनइतर समूहलाई विजयी बनाउन गिरीको महत्वपूर्ण भूमिका रहेको चर्चा छ। उनी पार्टीको १२औँ र १३औँ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

केन्द्रीय सदस्यका अर्का आकांक्षी डिल्लीबहादुर चौधरी दाङका नेता हुन्। लुम्बिनी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री रहेका चौधरीले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनी देउवा निकट मानिन्छन्।

नवलपरासीका कांग्रेस नेता देवेन्द्रराज कँडेलले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्। पूर्व गृहराज्यमन्त्री कँडेल पनि संस्थापन खेमाका हुन्। पाल्पाका काँग्रेस नेता वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन्। उनी लुम्बिनी प्रदेशका उर्जामन्त्री हुन् भने संस्थापनइतर समूहमा छन्।

पूर्वखानेपानी राज्यमन्त्री रहेका रुपन्देही कांग्रेसका नेता अब्दुल रज्जाकले संस्थापन समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन्। उनी कांग्रेस रुपन्देहीका निवर्तमान सभापति हुन्। केन्द्रीय सदस्यमा मुस्लिम कोटाबाट आफूले उम्मेदवारी दिन लागेको रज्जाकले बताए।

लेनदेनमा मन्त्री भएर राजीनामा दिएको भनी चर्चामा आएका गजेन्द्र हमालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। 

बाँके कांग्रेका सभापति किरण कोइराला, पूर्वसांसद आशा विक, मैकुलाल वाल्मिकी, बर्दियाबाट बामदेवलाई प्रतिनिधि सभामा हराएका कांग्रेसका पूर्वजिल्ला सभापति सञ्जय गौतम, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, प्युठानका गोविन्दराज पोखरेल, पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि केन्द्रीय सदस्यका लागि तयारी गरेका छन्।

प्रकाशित: Dec 09, 2021| 10:03 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।