शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • आफूलाई मन्त्री भनाउन नरुचाउने वीरबहादुर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

आफूलाई मन्त्री भनाउन नरुचाउने वीरबहादुर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रुपमा नभइ दाजुभाईका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन्। 'म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्‍ने गर्छन्, 'तर दाजुभाई भन्ने कुरा समाजमा सधैँका लागि सम्बोधन हुनेछ।’
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

पाल्पा- नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति वीरबहादुर राना यतिबेला लुम्बिनी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री हुन्। तर मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रुपमा नभइ दाजुभाईका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन्। 'म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्‍ने गर्छन्, 'तर दाजुभाई भन्ने कुरा समाजमा सधैँका लागि सम्बोधन हुनेछ।’

पाकापुस्ताहरुसँग पुगेर आर्शीवाद लिने क्रममा म हजुरको भाइ, भतिजा, छोरा सरह हुँ भन्दै आर्शीवाद लिएका रानाले सम्मान कार्यक्रममा पुग्दा पनि जुनसुकै मञ्चमा मन्त्री नभन्‍न आग्रह गर्दै आएका छन्। रानाले मन मिल्नेहरुसँग बसेर काम गर्ने र जनताको माझमा पुग्‍ने भएकै कारण आफूलाई सबैले विश्वास गर्ने गरेको बताए। उनले मन्त्री भइसकेपछि विकास निर्माणका साथै सामाजिक रुपमा पछि परेकाहरुसँग पुगेर समस्या बुझ्‍ने गर्छन्। 

उनै रानाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसका युवा नेता तथा प्रखर वक्ताका रुपमा परिचित रानाले पाल्पा र बुटवलमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातीतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाईनमा हिँडाउने प्रयास गर्नेसमेत बताए। सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताएका छन्।

नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट कांग्रेसको राजनीतिमा जोडिएका राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए।


प्रकाशित: Dec 11, 2021| 12:01 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।