शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्षमा पाण्डे निर्वाचित

पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्षमा पाण्डे निर्वाचित

ट्रक व्यवसायीहरूको संस्था पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे निर्वाचित भएका छन्। ११औं अधिवेशनबाट दोस्रो कार्यकालका लागि पाण्डे निर्वाचित भएका हुन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

बुटवल- ट्रक व्यवसायीहरूको संस्था पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे निर्वाचित भएका छन्। ११औं अधिवेशनबाट दोस्रो कार्यकालका लागि पाण्डे निर्वाचित भएका हुन्। 

आइतबार बिहान सकिएको मतगणना अनुसार ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन्। अध्यक्षका प्रत्याशी टिकाराम गौतमले ३९७ मत प्राप्त प्राप्त गरेका छन्।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन्। उनले ४७८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वि कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन्। 

महासचिवमा हरिप्रसाद कंडेल विजयी भएका छन्। नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो। त्यसैगरी  उपाध्यक्ष खुल्लातर्फ खगराज गौतम,  रुपन्देही उपाध्यक्षमा गणेश घिमिरे,  लक्ष्मण गैरे, विजयी भएका निर्वाचन समितिले जनाएको छ।

समितिको कोषाध्यक्षमा हरिप्रसाद रिमाल विजयी भएका छन्। यसैगरी नवलपरासी उपाध्यक्षमा गुप्तबहादुर केसी (राजु), उपाध्यक्ष काठमाडौं सेक्टरमा रमेशकुमार फौजदार विजयी भएका छन्। 

प्रकाशित: Dec 12, 2021| 08:16 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।