शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो

लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा कार्यालयमा लगिएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा मन्त्रालय लगिएको हो।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी संरचना नबन्दै मन्त्रालयहरू स्थायी राजधानी दाङ सार्न थालेको छ। बुटवलमा रहेको अस्थायी संरचनाबाट सञ्चालन भइरहेका मन्त्रालय दाङका अस्थायी संरचनामै सार्न थालिएको हो।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा कार्यालयमा लगिएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा मन्त्रालय लगिएको हो।

प्रदेश सकरारले पूर्वाधारविना नै स्थायी राजधानी देउखुरीमा मन्त्रालय र कार्यालय स्थापनाका लागि दबाब दिएपछि मन्त्रालय सार्नुपरेको कर्मचारीहरू बताउँछन्। यसअघि गत साउनमा प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि देउखुरी लगिएको थियो। मन्त्रालय सारेपनि कर्मचारीहरू भने दाङ जान मानेका छैनन्।

ग्रामीण तथा सहरी विकास मन्त्रालय खानेपानी महाशाखा प्रमुख ध्रुव धितालले मन्त्रालय सरेर गएपछि त्यहाँ कर्मचारीहरूलाई कोठा भाडामा लिन र खाना तथा आवासमा समेत समस्या भएको बताए। पूर्वाधार नबन्दै मन्त्रालय दाङ  लैजान थालिएपछि मन्त्रालयको कामकाज सञ्चालनमा पनि समस्या हुने देखिएको छ। आधिकारिक ट्रेड युनियनका प्रदेश संयोजक मेघदेव पन्तले जबर्जस्ती अस्थायी संरचनामा मन्त्रालय सार्दा सेवा प्रवाहमा सहजता नआउने बताए। 

बुटवल राजधानी भएका कारण करिव एक हजार कर्मचारीहरूले यहाँ सरुवा मिलाएका थिए। तर, मन्त्रालय दाङ सार्न थालेपछि कर्मचारीहर"ले फेरि सरुवा खोज्न थालेको बताइएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले  अब सबै मन्त्रालय दाङ सारिने बताए। ‘अब छिटै नै अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु गर्नेछन्,’ उनले भने। उनले स्थायी राजधानी कार्यान्वयनका लागि सहयोगी भूमिका खेल्न सबैसँग आग्रह गरे।

२० असोज २०७७ लुम्बिनी प्रदेशसभाले प्रदेशको स्थायी राजधानी देउखुरी तोकेको थियो। प्रदेश सरकारले भने स्थायी संरचनाका लागि गुरुयोजना अनुरुप अघि बढ्ने भनेको छ। तर, संरचनाबारेको अध्ययन भने अझै सकेको छैन।   -न्युज कारखाना

प्रकाशित: Dec 16, 2021| 14:45 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।