शनिबार, असार ७, २०८२

बुटवलमा पुस ८ गतेदेखि औद्योगिक प्रदर्शनी हुने

'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ हुने मेलामा ४ सय ५० स्टल रहनेछन्। हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

बुटवल- कोरोना महामारीपछि मेला महोत्सव हुन नसकिरहेको बेला पुस ८ गतेदेखि २० गतेसम्म बुटवलमा चौथौ औद्योगिक प्रदर्शनी हुने भएको छ। उद्योग व्यापार संघ बुटवलको आयोजनामा बुटवल देविनगरमा मेला हुने भएको हो।

आयोजकले शनिबार पत्रकार सम्मेलन गरि मेलाको ६० प्रतिशत तयारी पूरा भएको जनाएको छ। 'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ हुने मेलामा ४ सय ५० स्टल रहनेछन्। हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए।

मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय  कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्।

मुलुकको अर्थतन्त्र आयातमुखी र ब्यापारमुखी रहेको सन्दर्भमा उद्योग ब्यापार संघ बुटवलले स्थापनाकालदेखि नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा वकालत र काम गर्दै आएको हुँदा औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाले स्वदेशी उद्योगका उत्पादनको बजार प्रबर्द्धन, विभिन्न खाले व्यवसाय र सेवाको बजार विस्तार तथा नयां पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिन र अर्थतन्त्र चलायमान बनाउन पनि ठूलो भूमिका खेल्ने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताए। 

मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पु¥याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए ।

मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति पनि मेलामा रहने संघका महासचिव पदम जीसीले जानकारी दिए। मेलामा आउने  दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको  प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए।

प्रकाशित: Dec 18, 2021| 19:20 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।