बुधबार, जेठ ८, २०८२

पाएनन् गत आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता

रुकुमकोट जान सजिलो छ र रु आफू अपाङ्ग छु, सपाङ्ग र तन्नेरी मान्छेलाई त एकदेखि दुई दिनको बाटो हिँड्नुपर्छ, म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला?
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

रुकुमपूर्व- जिल्लाको सिस्‍ने गाउँपालिका–१ ओख्रेनाकी ९६ वर्षीया लाटी बुढाले एकवर्ष अगाडिसम्म नियमितरूपमा वडा कार्यालयबाट वृद्धभत्ता पाइरहे पनि गत मङ्सिर महिनापछि भने पाएका छैनन्। ठूलो सिस्नेको ८० वर्षका धनी बुढाले पनि गत मङ्सिर पछिको वृद्धभत्ता पाएका छैनन्। सोही स्थान निवासी ७५ वर्षीया असक्त जयकुमारी बुढाको पनि यस्तै गुनासो छ। उनीहरु त केही उदाहरणीय पात्र मात्र हुन्। वडाका अन्य सबै ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले विगत एक वर्षयताको सामाजिक सुरक्षा भत्ता र बालबालिकाले बालपोषण भत्ता पनि पाएका छैनन्। 

स्थानीय सरकारको स्थापनापछि घर छैउबाटै सामाजिक सुरक्षाभत्ता पाइरहेका वडावासीले स्थानीय सरकार घरछेउमै हुँदाहुँदै पनि एक वर्षको भत्ता पाउनबाट वञ्चित छन्। यो समस्या स्थानीय सरकारका कारणबाट नभई बैंकिङ प्रणालीलाई विकेन्द्रीकृत गर्न नसकेका कारण भएको हो। यहाँ अहिले ३९ ज्येष्ठ नागरिक, तीन दलित ज्येष्ठ नागरिक रहेको वडाध्यक्ष मानबहादुर बुढाले बताए। उनकाअनुसार त्यहाँ ४१ एकल महिला, सात ‘ख’ वर्गको अपाङ्गता परिचय पाएका व्यक्ति छन् भने पाँच दलित बालबालिका र २२७ बालपोषण भत्ता पाउने बालबालिका छन्। यी सबैले गत मङ्सिरयताको भत्ता पाएका छैनन्। 

भट्टचौरकी ८० वर्षकी उजेली बुढाश्रेष्ठले भौगालिक कठिनाइका कारण सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई बैंक भएको ठाउँसम्म पुग्न समस्या हुने गरेकाले अहिलेसम्म रुकुमकोट पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसकेको बताए। अघिल्लो वर्षसम्म वडा कार्यालयबाटै भत्ता पाउने गरेकामा बैंकमै पुग्नुपर्ने अहिलेको बाध्यकारी अवस्थाप्रति उनले आक्रोश पोखे।

'सरकारले दिएकै थियो तर अहिले सके बैंकबाट निकालेर खा नभए त्यत्तिकै बस भन्ने नीति लिएको छ', वृद्धा बुढाश्रेष्ठले गुनासो गरिन्, 'सरकारको यो बैंकिङ प्रणालीले हामीजस्ता विकट ठाउँका नागरिकलाई धेरै नै सास्ती भएको छ।' बैंकको पहुँचमा नभएकाको लागि वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ थियो । 

सोही वडाका ७३ वर्षीय धनबहादुर बुढाको क्यान्सर रोगका कारण खुट्टा काटेर फालिएको छ। उनले भनिन्, 'रुकुमकोट जान सजिलो छ र रु आफू अपाङ्ग छु, सपाङ्ग र तन्नेरी मान्छेलाई त एकदेखि दुई दिनको बाटो हिँड्नुपर्छ, म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला?' अहिलेसम्म सडक सञ्जालमा नजोडिएको यस ठाउँका नागरिकलाई रुकुमकोट पुगेर भत्ता बुझेको एक चौमासिको भत्ताभन्दा बढी त आउदा जाँदा र त्यहाँ बस्दा खर्च हुने भएकाले यो झन्झट कस्ले उठाउछ भन्दै वडाबासी बैंकमा जम्मा भएको रकम सम्झदै बसिरहेका धनबहादुरले बताए।

उनले भने, 'रुकुमकोट गएपछि फेरि सजिलै भत्ता कहाँ पाइन्छ र रु लाइनमा बस्यो अनि पालो आए पनि फेरि कहाँ के पुगेन भनेर त्यसै फर्काइदिन्छ, कहिलेकाँही त नेटवर्कले काम गरेन भनेर पनि रित्तै हात बैंकले फर्काइदिन्छ। सिस्ने १ मा फोन पनि लाग्दैन फोनले काम गर्ने भए पनि बैंकमा जाँदा चाहिने कागजपत्रबारे जानकारी लिन सहज हुन्थ्यो।'

वडा नं २का नागरिकलाई पनि बैंकिङ सेवा पहुँच बाहिर छ तर वडा कार्यालयले गत आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नागरिकको समस्यालाई मध्यनजर गर्दै वडामै पुगेर वितरण गरेको थियो। वडा कार्यालयले नेपाल बैंक लिमिटेडसँगको समन्वयमा वडामै पुगेर भत्ता वितरण गरेको हो। उक्त वडा रुकुमकोटबाट अलिक नजिक पर्ने भएकाले त्यहाँ बैंकका कर्मचारीको उपस्थितिमा भत्ता वितरण गरिएको थियो तर वडा नं १ टाढा भएकाले र त्यहाँ सुरक्षाको कारण जनाउँदै आग्रह गर्दा पनि बैंकका कर्मचारी जान नमानेको  वडाध्यक्ष बुढाले बताए। 

प्रकाशित: Dec 20, 2021| 20:30 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।