बुधबार, जेठ ८, २०८२

करेन्ट लगाएर माछा मार्नेलाई १५ हजार जरिवाना

दैलेखमा करेन्ट (विद्युतीय धार) लगाएर माछा मार्ने तीन जना स्थानीयलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

सुर्खेत– दैलेखमा करेन्ट (विद्युतीय धार) लगाएर माछा मार्ने तीन जना स्थानीयलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले करेन्ट लगाएर माछा मार्ने गुराँस गाँउपालिका ४ का ३३ वर्षीय हर्कबहादुर शाही, सोही ठाउँका २६ वर्षीय रमेश पुन र २६ वर्षकै रवीन्द्रबहादुर शाहीलाई जनही ५–५ हजारका दरले १५ हजार रुपैयाँ जरिवाना तिराएको हो। उनीहरुले ‘जलचर संरक्षण ऐन २०१७’ दफा ३ विपरीत काम गरेको भन्दै जरिवाना तिराइएको हो।

उनीहरुलाई पुस १३ गते गुराँस गाँउपालिका –२ को लोहोरे खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो। करेन्ट लगाएर माछा मार्न प्रयोग गरिएका १२ भोल्ट ब्याट्री, एक–एक थान मेसिन, क्वाएल रड, र माछा मार्ने जालको प्रमाण मान्दै प्रशासनले जनही ५–५ हजारका दरले १५ हजार जरिवाना तिराएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

खोलामा करेन्ट लगाएर माछा मारिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली उनीहरु पक्राउ गरेको प्याकुरेलले बताए। जरिवाना तिराएपछि उनीहरुलाई छोडिएको छ।


प्रकाशित: Dec 30, 2021| 16:41 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।