काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरिएको छ। काठमाडौं र ललितपुरमा फाइजर तथा भक्तपुर र काभ्रेमा मोडेर्ना खोप दिन थालिएको हो।
पर्याप्त खोप नभएकाले चार जिल्लामा मात्रै लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यार्थी पढ्ने स्कुलमै स्वास्थ्यकर्मी गएर खोप लगाइरहेका छन्।
सूर्यविनायक–४ ठिमीस्थित शंखधर मेमोरियल स्कुलमा सोमबार नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर