शुक्रबार, असार ६, २०८२

११ बुँदे मागसहित भैरहवामा जनमत पार्टीको प्रदर्शन

सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राख्दै भैरहवामा प्रदर्शन गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

बुटवल– सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राख्दै भैरहवामा प्रदर्शन गरेको छ। किसानलाई सहुलियत दिन तथा मल एवं बिजउबिजनको व्यवस्था गर्न माग गर्दै जनमत पार्टीले दैनिक प्रदर्शन गर्दै आइरहेको छ।

उक्त पार्टीले कृषि सामग्रीसहित प्रदर्शन गर्दै उच्च स्तरीय वार्ता टोली गठन गर्न माग गरेको छ। कृषि मन्त्रीको राजीनामा माग  लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेको छ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बिउको व्यवस्था सुनिश्चित गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, सिँचाइ बिजुली निःशुल्क गर्नुपर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत राहत दिनुपर्ने लगायतका माग राखेको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए।

आन्दोलनका क्रममा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै किसानको मागसँगै झुठा मुदा खारेज गर्न रुपन्देही अध्यक्ष रामु सिंह लोधले बताए। भैरहवाको बुद्धचोकबाट सुरु भएको प्रदर्शन देवकोटा चोक, बैंक रोड हुँदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेर सकिएको थियो।


प्रकाशित: Jan 14, 2022| 17:37 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।